NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

फस्टाउँदै भक्तपुरको जुजु धौ व्यवसाय

रासस

भक्तपुर । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ । 

भक्तपुर दहीको लागि प्रसिद्ध छ । यहाँको जुजु धौ विश्वप्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण जोसुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले नै यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।

नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय भोजभतेरलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । 

भक्तपुरको जुजु धौले काठमाडौँ उपत्यकालगायत काभ्रेको बनेपा, पनौती, धुलिखेल, नुवाकोटको त्रिशुलीजस्ता छिमेकी शहरमा समेत माग रहेको भक्तपुर जुजु धौ व्यवसायी सङघका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए । ‘‘दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको माग समेत दिनदिनानु बढ्दो छ’’, उनले भने, ‘‘झन् विवाहको समयमा त माग धान्न नै धौधौ हुने गर्दछ’’, उनले भने ।

ठूला विवाह, ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले समेत अचेल जुजु धौ नै प्रयोग गर्न थालेको सैंजुले बताए । कोरोना महामारीले ठूला भोज आयोजना नहुँदा यो बेलामा भने दहीको मागमा पनि कमी आएको उनको भनाइ छ । 

जुजु धौ बनाउने विधि 

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नुु पर्दछ । दूध उमाल्दा कम्तिमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्ने व्यवसायीहरु बताउँछन् । उमाल्न पुगेपछि भूसमाथि राखेको माटोको कतरामा पहिले आधा भाग मात्र दूध राख्नु पर्दछ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको ‘बिऊ दही’ (जोरन) राखेर माथिबाट कतराले नै छोप्नुपर्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करीब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ ।

‘‘बाक्लो हुने गरी उमालेको दूधबाट बनेको दही नै जुजु धौ हो’’, सैंजुले भने, ‘‘जति बाक्लो हुने गरी दूध उमालिन्छ, जुजु धौ त्यति नै बढी स्वादिलो हुन्छ ।’’

मल्लकालदेखि जुजु धौको उपमा 

भक्तपुरको स्थानीय दहीलाई मल्लकालदेखि जुजु धौको उपमा दिएको संस्कृतिकर्मीहरु बताउँछन् । मल्लकालमा दरबारमा उपयोग गर्ने दहीलाई जुजु धौ भन्ने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 

‘‘मल्लकालीन समयमा अत्यन्त स्वादिलो, बाक्लो र मसलायुक्त दही दरवारमा मात्र प्रचलनमा थियो । त्यसैले सो गुणस्तरयुक्त दहीलाई जुजु धौको उपमा दिएको हो’’, धौभडेलले भने, ‘‘अचेल यो सर्वसाधारणले पनि उपयोग गर्दछन् ।’’

जुजु धौको विशेषता

जुजु धौको प्रमुख विशेषता यसको स्वाद नै हो । न अमिलो न गुलियो, मगमग बास्नादार स्वादिलो हुनु नै जुजु धौको प्रमुख विशेषता हो । चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु, माटोको कतारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । 

जुजु धौ भक्तपुरको पहिचानको रुपमा स्थापित भएको छ ।  जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात रहेको छ । भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेर मात्रै जाने गर्दछन् ।

जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यग: अर्थात कतारो हो । दही बनाउने विशेष विधि मात्र होइन, यसको स्वाद र गुणस्तरका कारण पनि यो लोकप्रिय रहेको छ । 

काठ क्षेत्रमा गाई, भैंसीपालन व्यवसाय हराउँदै जानु र कुमालेहरुले पनि कतारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता भने सङ्कटमा पर्न थालेको व्यवसायीहरु बताउँछन् । जुजु धौको नाममा साधारण दहीको व्यवसाय गर्नाले पनि जुजु धौको मौलिकता जोगाउन चुनौतीपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ ।

स्थानीय पाठ्यक्रममा जुजु धौ

दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण सबैले भक्तपुरको जुजु धौलाई स्वादिष्ट मान्छन् । मल्लकालमा स्वादिलो दहीको प्रतिष्पर्धामा भक्तपुरको जुजु धौले जितेको कथा आज पनि प्रचलित छ । 

भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेको छ । भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको छ । जुजु धौ भक्तपुरको मौलिक उत्पादन भएकाले यसको संरक्षणका लागि पाठ्यक्रममा समावेश गरेको नगरपालिकाले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौँ। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।  प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट बढुवा भ...

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन्।    नेपाल कानून समाजद्वार...

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

अर्घाखाँची। भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे।  ...

२४ घण्टामा सात जना कोरोना सङ्क्रमित

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित...

थ्री नेशन्स कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको ...

परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै वि...

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्या...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् ।  नेपा...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने गठबन्धनको सहमति

काठमाडौँ। सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ। बालुवाटारमा बुधबार साँझ बसेको बैठकले चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको ...

भोजपुर गोल्डकप चैत १० देखि

काठमाडौँ।  भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० देखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतिय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page