Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

यस्ता छन् प्रधानमन्त्री ओलीका आक्रोशपूर्ण अविव्यक्तिको आशयबारे भीम रावलको टिप्पणी

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शार्मा ओली एक पछि अर्को गर्दै कानुनी र राजनीतिक झमेलामा फस्दै गएका छन् ।

 उनीसंग अहिले दुई तिहाइको सरकार पनि छैन । आफैले निर्माण गरेको नेकपा समेत खारेज भएको छ । सर्वोच्चको आदेशले पूर्वअवस्थामा फर्किएको एमाले पनि विभाजनको संघारम पुगेको छ । 

गत वर्ष पुस ५ गते संविधान विपरित संसद विघटन गरी चौतर्फी आलोचनाको शिकार भएका ओली  सत्ता र शक्तिमा टिकिराख्न पुनः संसद विघट गरेपछि उनीमाथि संवैधानिक र राजनीतिक निर्णय क्षमता तथा इमान्दारिकताको गम्भिर प्रश्नचिन्ह खडा भएको छ ।

 ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्चले एक पछि अर्को गरी उल्टाउन थालेपछि कानूनीरुपमा समेत उनी निकै अप्ठ्यारोमा परेका छन् । 

सर्वोच्चको सम्भावित फैसला र विपक्षी दलहरुको मोर्चावन्दीले अप्ठ्यारोमा परेका ओली सोमबार मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुृवाटारमा आयोजित कार्यक्रममा निकै आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए । 

करिब डेढ घण्टाको समय खिर्चिएका उनले आफ्नै पार्टीका माधव नेपाल, प्रचण्ड, शेरबहादु र सार्वोच्चका न्यायधीशमाथि नै निकै निम्नस्तरको गालिगलोचमा उत्रिए । प्रधानमन्त्रीको कुर्शीमा बसेर पूर्वप्रधानमन्त्री तथा न्यायलयप्रति गरिएको अशिष्ट टिप्पणी प्रति अहिले सर्वत्र आलोचना भएको छ । 

ओलीको अशिष्ट अभिव्यक्तिको सम्भावित मनोदशाबारे नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले सामाजिक सञ्जाल मार्फत आफ्ना भनाइ सार्वजनिक गरेका छन् । 

यस्ता छन् ओलीबारे रावलको बुँदागत टिप्पणी : 

–अति हतास उत्तेजनापूर्ण मनोदशा तथा पद खतरामा परेको अनुभूतिजन्य आक्रोश

–संविधान, लोकतान्त्रिका मान्यता, राजनीतिक दल र न्यायपालिकाको सामान्य मूल्यविपरित आफुलाई पाउँदाको अनुभूतिजन्य पीडाको छटपटी

–राजनीतिक र संवैधानिकरुपमा एक्लिदै गएको महशुसबाट उत्तन्न आवेक

–आक्रोस, रिस र उत्तेजनाबाट बशिभूँत हुँदा सामाजिक र पदिय मर्यादाको विस्मृति

–पदमोह, व्यक्तिगत प्रतिष्ठा निर्लिप्त मानसिकताको परिणामस्वरुप सिर्जित उत्तेजनाले बिर्साएको पदीय, सामाजिक जिम्मेवारी र मर्यादा

–पार्टी एकता भइहाले सिर्जना हुनसक्ने उत्तरदायीत्वको निर्वाह र अपनाउनुपर्ने लचकता तथा संयमको संभावित परिदृष्यबाट क्रसित मनस्थिति

–सरकारको असफलता र सर्वोच्चबाट एकपछि अर्को गरी भएका प्रतिकुल निर्णयहरु तथा प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सम्भावित पराजयको भय

–सामान्य विवेक, संयम र शिष्टचारको भावनाशून्य मनस्थिति

–गल्ति, कमिकमजोरीहरुलाई अरुमाथिको कडा आक्रोसपूर्ण प्रहारद्वारा ढाकछोप गर्न सकिने सोच 

–पराजित मानसिकता 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

निर्वाचन आउन एक दिन बाँकी: सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...

मतदान हुने दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकर...

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द...

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE