Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

उपकुलपति बनाउन सिफारिस

\"TU\"१३ साउन, काठमाडौँ । सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ । यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र वन तथा कृषि विश्वविद्यालयको उपकुलपतिका लागि सङ्घले नाम सिफारिस गरेको हो । यी सबै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल यही साउन २२ गतेदेखि सकिन लागेको छ । नेपाली काँग्रेस निकटका प्राध्यापक आबद्ध रहेको सङ्घले सबै रिक्त पदका लागि आफ्नो तर्फबाट नामावली तयार पारेर काँग्रेसबाट शिक्षामन्त्री हुनु भएकी चित्रलेखा यादवलाई सिफारिस गरेको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए । सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राथमिकताका आधारमा क्रमशः वासुदेव घिमिरे, गुणनिधि न्यौपाने, तीर्थ खनियाँ, अम्वराज जोशी, गोविन्दप्रसाद आचार्य, चन्द्रलाल श्रेष्ठ र रेणुका जोशीको नाम सिफारिस गरेको छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि माधवराज गौतम, प्रेमकुमार आचार्य, पुरुषोत्तम दाहाल, कार्तिकेय झा र भोजराज पन्तको नाम सङ्घले सिफारिस गरेको छ । बैठकले पूर्वाञ्चलका लागि बद्रीनाथ श्रेष्ठ र घनश्यामलाल दास, सुदूरपश्चिमका लागि चेतराज भट्ट र भूषण श्रेष्ठ, मध्यपश्चिमका लागि बसन्तराज शर्मा र कालीप्रसाद पाण्डे, पोखरा विश्वविद्यालयका लागि वेदनाथ शर्मा र विनोद श्रेष्ठ, वन तथ कृषि विश्वविद्यालयका लागि जगतलाल यादव र हरिहर बौडेलसहित पाँच÷पाँच जनाको नाम सिफारिस गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए । मकवानपुरको हेटाँैडामा बसेको सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले प्राध्यापकको कार्यदक्षता, अनुभव, वरिष्ठतालगायतका आधारमा नामावली तयार पारेको उहाँले बताउनुभयो । सङ्घले शिक्षामन्त्री यादवलाई भेटेर सङ्घको निर्णयअनुसार नियुक्त गर्न आग्रह गर्ने योजना बनाएको छ । यसअघि शिक्षामन्त्री यादवले सङ्घको सिफारिसका आधारमा नियुक्तिको निर्णय लिने आश्वासन दिएको उहाँले बताउनुभयो । सङ्घको निर्णयलाई शिक्षामन्त्री यादवले अवलम्बन गर्ने विश्वास सङ्घले लिइएको पोख्रेलको भनाइ छ । काँग्रेसको शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले पनि सङ्घको निर्णयलाई शिक्षामन्त्रीले मुख्य आधार मान्नुपर्ने धारणा राख्नुहुन्छ । सम्बन्धित सङ्घ सङ्गठनको सल्लाह र सिफारिसमा नियुक्त गर्ने संस्कारले व्यक्तिवादी प्रवृत्ति अन्त्य हुने र उचित ठाउँमा उचित व्यक्तिले जिम्मेवारी पाउने उहाँको तर्क छ । तर सम्बन्धित सङ्घ सङ्गठनले दिने सुझाव तथा सिफारिस पनि प्राज्ञिक आधारमा हुनुपर्ने नेता भण्डारीको भनाइ छ । सोमबार र मङ्गलबार बसेको सङ्घको पूर्ण बैठकले त्रिवि प्राध्यापक सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घको निर्वाचन अविलम्ब गर्न पनि दुवै सङ्घलाई आग्रह गरेको छ । लामो समयदेखि करार सेवामा रहेका शिक्षण सहायकलाई प्रक्रिया पु¥याएर अस्थायी दरबन्दीमा उपप्राध्यापक पदमा नियुक्त गर्न र विश्वविद्यालय सेवा आयोगमार्फत तुरुन्त स्थायी गर्न सङ्घले सरकारसँग माग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending