काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले नारायणीको सहायक नदी मर्स्याङ्दी, बिमल नगर जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।
बिहीबार बिहान ७ बजेको मापन अनुसार कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहे पनि कोशी, नारायणी, बागमती र यसका सहायक नदीमा पानीको बहाब बढ्ने क्रममा रहेकोले तटिय क्षेत्र तथा आसपासका क्षेत्रहरुका बान्सिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । महाशाखाका अनुसार आज कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्य रहने जनाएको छ ।
यस्तै, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा त्रिशुली, बुढीगण्डकी, मस्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
यसैगरी पश्चि राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती र कन्काईमा जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भइ सतर्कता तह पार गर्न सक्ने अनुमान गरेको छ । यस्तै कमला र बागमती लगायतमा अत्याधिक वर्षाका कारण खतराको तह पार गर्न सक्ने पूर्वानुमान गरेको छ ।
महाशाखाले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पााँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुका आसपास भएर बग्ने नदीहरुमा बहाब बढ्न सक्ने भएकोले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैगरी प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी आसपास भएर बग्ने नदीमा बहाब उच्च रहने बताएको छ । यस्तै बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक आसपास भएर बग्ने नदीहरु बाढीको उच्च जोखिममा रहेको बताएको छ ।
यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुवम्बनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अघााखााँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बग्ने स–साना नदीहरुमा पानीको बहाब उच्च रहने महाशाखाले पूर्वानुमान गरको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: