Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

राष्ट्रियसभामा राष्ट्रपति भण्डारीलाई सम्बोधन गर्ने इच्छा जागेपछि...

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभालाई दुई पटक विघटन गरी कोमामा पुर्याएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने चाहना व्यक्त गरेकी छिन् ।

राष्ट्रियसभाको आठौं बैठक आजबाट शुरु हुँदैछ । भण्डारीले आइतबार वा सोमबारको राष्ट्रियसभाको बैठकमा उपस्थित हुने र बैठकलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् ।

संसद सचिवालयका एक कर्मचारीका अनुसार संसदीय अभ्यासमा यस अघि राष्ट्रप्रमुखको रुपमा रहेका राजा वा राष्ट्रपतिले राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बाहेक अन्य अवस्थामा सदनमा उपस्थिति रहेको पाइदैन ।

प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक कदमलाई आखाँ चिम्लिदै साथ दिए पछि उनको चौतर्फी आलोचना भएको छ । उनको कदमले राष्ट्रपति संस्थामाथि नै आँच आउन थालेपछि आफ्नो कदमको बचाउको लागि केही भनाइ सार्वजनिक गर्न खोजेको हुन सक्ने राष्ट्रिय सभाका एक सांसदले बताए ।

यस्तै आज बसेको कार्यव्यवस्था समितिको बैठकले पहिलो चरणमा दलका नेताहरुले सम्वोधन गर्ने र केही बेर बैठक स्थगन गरेर दोस्रो चरणमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएको राष्ट्रिय सभाका एक सदस्यले जानकारी दिए । संसद बैठक अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE