तनहुँ । अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइप बगाउँदा व्यास– १ र १२ का गरी दुई हजार ५०० उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
धारामा पानी नआएपछि दुई दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर स्थानीय जीविकोपार्जन गर्न बाध्य भएका छन् । वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष अम्मर भण्डारीले जानकारी दिए ।
उक्त खानेपानीको कार्यालयदेखि करीब १३ किलोमिटर लामो दूरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ ।
व्यास–१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेबल पुल बगाएपछि तत्काल मर्मतसम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । छाब्दी खोलामा आएको बाढीले पुल बगाएकाले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मतसम्भार गर्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करीब ९०० तल पुर्याएको सो समितिले जनाएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड तीन लिटर क्षमता रहेको छ ।
त्यसैगरी छाब्दी खोला किनारस्थित दुई स्थानबाट पानी पम्पिङ गरिए पनि बाढीले विद्युत्को पोल ढलेका कारण पानी तान्न नसकिएको सो संस्थाले जनाएको छ । उक्त दुई पम्पिङ योजनाबाट प्रतिसेकेन्ड आठ लिटर पानी क्षमता रहेको छ ।
भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चारवटै मुहानबाट गरी प्रतिसेकेन्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्ताहरुलाई वितरण गर्दै आएकामा अहिले बन्द भएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए । विद्युत् लाइन अवरुद्ध हुँदा मोटर चलाउन नसक्दा पानी पम्पिङ गर्न सकिएको छैन । उनले भने, ‘खानेपानीका सबै मुहान बाढीपहिराले पूर्ण रुपमा क्षति हुँदा जनजीवन प्रभावित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: