Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एमाले विवाद प्रकरण : दोस्रो तहका नेताहरुको प्रयासमा दुई शीर्ष नेताबीच टेलिफोन वार्ता

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्चमा बुझाएको हस्ताक्ष सोमबार सम्म फिर्ता नलिए पार्टी एकता सम्भव नभएको चेतावनी दिएका एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच शनिबार पुन: टेलीफोन वार्ता भएको छ ।

शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । असार १६ गते अध्यक्ष ओलीले दशौं महाधिवशेन आयोजक कमिटी बैठक खारेज गरी पुरानै केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाएका थिए । तर, माधव नेपाल समूहले आयोजक कमिटीले गरेको निर्णय अवैधानिक भएको भन्दै बैठकमा सहभागी भएको छैन ।

यस अघि शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन अध्यक्ष ओलीले टेलिफोन वार्ता गरेका थिए । ओलीको आग्रहलाई अस्वीकार गर्दै नेता नेपालले दुवै पक्षबीच सहमति भएपछि मात्र बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले नेपालको सुझावलाई लत्याउँदै केन्द्रीय कमिटी बैठक जारी राखेका छन् । 

शुक्रबारको बैठकमा माधव समूह सहभागी नभएपछि ओलीले चेतावनी दिदै सोमबारसम्म अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने धम्की दिएका थिए । ओलीको उक्त धम्की दिए पछि माधव समूहले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने बताएका थिए ।

अदालतमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि पार्टी एकताको नाममा हस्ताक्षर फिर्ता लिन लगाइ मुद्दा कमजोर बनाउने रणनीतिमा ओली लागेको माधव समूहको बुझाइ रहेको छ । सर्वोच्च दशौं आयोजक कमिटीलाई मान्यता नदिए पछि थप अप्ठ्यारोमा परेका ओलीले ०७५ जेठ ३ अघिको केन्द्रीय कमिटी बैठक नबोलाई ०७७ फागुन २८ पूर्वको बैठक बोलाएपछि माधव समूह थप शशंकित भएको छ । यद्यपी दुवै पक्षका दोस्रो तहका नेताहरुबीच मध्यमार्गी उपायहरुको खोजिमा निरन्तर संवादमा रहेका छन् । 

अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । दुई पक्ष छलफल चलिरहेकै अवस्थामा  उपमहासचिव भुसालले माधव नेपाल निवास पुगेर दुई शीर्ष नेताबीच टेलिफोन संवाद गराएको बुझिएको छ । ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए । यद्यपी दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहदाँ सहमतिको गाँठो अझै फुक्न सकेको छैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE