Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाले विवाद प्रकरण : दोस्रो तहका नेताहरुको प्रयासमा दुई शीर्ष नेताबीच टेलिफोन वार्ता

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्चमा बुझाएको हस्ताक्ष सोमबार सम्म फिर्ता नलिए पार्टी एकता सम्भव नभएको चेतावनी दिएका एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच शनिबार पुन: टेलीफोन वार्ता भएको छ ।

शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । असार १६ गते अध्यक्ष ओलीले दशौं महाधिवशेन आयोजक कमिटी बैठक खारेज गरी पुरानै केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाएका थिए । तर, माधव नेपाल समूहले आयोजक कमिटीले गरेको निर्णय अवैधानिक भएको भन्दै बैठकमा सहभागी भएको छैन ।

यस अघि शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन अध्यक्ष ओलीले टेलिफोन वार्ता गरेका थिए । ओलीको आग्रहलाई अस्वीकार गर्दै नेता नेपालले दुवै पक्षबीच सहमति भएपछि मात्र बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । ओलीले नेपालको सुझावलाई लत्याउँदै केन्द्रीय कमिटी बैठक जारी राखेका छन् । 

शुक्रबारको बैठकमा माधव समूह सहभागी नभएपछि ओलीले चेतावनी दिदै सोमबारसम्म अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने धम्की दिएका थिए । ओलीको उक्त धम्की दिए पछि माधव समूहले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने बताएका थिए ।

अदालतमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि पार्टी एकताको नाममा हस्ताक्षर फिर्ता लिन लगाइ मुद्दा कमजोर बनाउने रणनीतिमा ओली लागेको माधव समूहको बुझाइ रहेको छ । सर्वोच्च दशौं आयोजक कमिटीलाई मान्यता नदिए पछि थप अप्ठ्यारोमा परेका ओलीले ०७५ जेठ ३ अघिको केन्द्रीय कमिटी बैठक नबोलाई ०७७ फागुन २८ पूर्वको बैठक बोलाएपछि माधव समूह थप शशंकित भएको छ । यद्यपी दुवै पक्षका दोस्रो तहका नेताहरुबीच मध्यमार्गी उपायहरुको खोजिमा निरन्तर संवादमा रहेका छन् । 

अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । दुई पक्ष छलफल चलिरहेकै अवस्थामा  उपमहासचिव भुसालले माधव नेपाल निवास पुगेर दुई शीर्ष नेताबीच टेलिफोन संवाद गराएको बुझिएको छ । ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए । यद्यपी दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहदाँ सहमतिको गाँठो अझै फुक्न सकेको छैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending