Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

राजधानीकै अस्पतालअघिको सडक एक दशकदेखि जीर्ण, ठेक्काको छ वर्षमा पनि भएन काम

खबरडबली संवाददाता

काठमाडौं । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन् । जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ । छ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम अहिले पनि सुस्त छ । अन्यत्र सडक बन्ने क्रम शुरु भएर केही भागमा कालोपत्र हुँदासमेत यस क्षेत्रका मात्र नभई छिमेकी नुवाकोट र सिन्धुपाल्चोकका मानिससमेत उपचार गर्न आउने मेडिकल कलेजअघिको सडक भने निर्माण हुन नसक्दा गम्भीर बिरामी बोकेका एम्बुलेन्स खाडलमा जाकिने गरेका छन् ।

सडक जीर्ण भएकै कारण उपचारका लागि आउँदा दु:ख भोग्नुपरेको नुवाकोट शिवपुरी गाउँपालिकाका स्थानीयवासी सोमबहादुर तामाङले गुनासो गरे । अस्पतालअघिको भागमा ठूलाठूला खाडल छन् । वर्षा भएका बेला खाल्डामा पानी जमेर पोखरी बन्छ । हप्तौँ सडकमा गुड्ने सवारीले पोखरीको पानी छचल्कँदा पैदलयात्री र सडक किनारका सटर भाडामा लिई व्यवसाय गर्ने मानिस प्रभावित हुने गरेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले दिनमै चारपटक कपडा फेर्नुपरेको दुखेसो पोखेका छन् ।

सडक किनारको सटर भाडामा लिई एक दशक अघिदेखि मासु पसल चलाउँदै आउनुभएका कृष्ण खड्गी विवाद भएर अस्पतालअघिको सडकको काम हुन नसकेको सुनाउछन् । विवाद समाधानका लागि नगरपालिकालगायतका सरोकार भएका निकायले पहल नगर्दा सडकको काम अस्पतालअघि नै अलपत्र भएको स्थानीय व्यवसायीको बुझाइ छ । त्यसअघि भगवतीस्थानअघिको सडक कालोपत्र भइसक्दा पनि अस्पतालअघिको सडक भने दिनानुदिन जीर्ण बन्दै गएको छ । 
 
जीर्ण सडकमा बर्सातमा बढ्दै गएको खाडलमा पानी जम्दा सवारी हिँड्दा पसलभित्र पानी छिरेर व्यापारमा प्रभाव परेको किनारको सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी दीपा श्रेष्ठको गुनासो छ । ठेक्काको छ वर्ष बितिसक्दा पनि जोरपाटी–सुन्दरीजल सडकको सात किमीको काम सकिएको छैन ।
 
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना निर्माण व्यवसायीले काम नगर्दा अस्पतालअघिको सडक अलपत्र बनेको बताउछन् । सङ्घीय सरकारले लगाएको ठेक्का स्थानीय सरकारले के गर्न सक्छ र भनी निर्माण व्यवसायीले धेरै काममा समन्वय गर्दासमेत हेपेकाले बिरामी तथा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको उनको भनाइ छ । 

अन्य स्थानमा ग्राभेल हालेर सडक सम्याइए पनि अस्पतालअघिकै भागमा भने काम अलपत्र छोडिएको छ । कामका विषयमा स्थानीय सरकारले सम्पर्क गर्दा निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको प्रवक्ता ढुङ्गानाको गुनासो छ । निर्माण व्यवसायी नगरवासी नै भए पनि काम किन नभएको भनी सोध्न फोन गर्दा नउठाउने गरेको अत्तरखेलका स्थानीयवासीको गुनासो छ । यस सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि निर्माण व्यवसायी सन्तवीर श्रेष्ठले फोन उठाएनन् । 

करोडौँ योजनाको यो सडकमा कतै पनि सूचना पाटीसमेत राखिएको छैन । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्थासमेत उल्लङ्घन हुँदासमेत काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले निर्माण व्यवसायीलाई केही नभन्ने गरेको स्थानीवासी रमा श्रेष्ठ बताउछिन् । आयोजनाका अधिकारीसमेत स्थानीय सरकार र पीडित जनाताका फोन उठाउँदैनन् । कार्यालयले नै सुविधामा दिएको फोन बोेकेर हिँड्ने गरेका अधिकारीहरु त्यही नम्बर स्वीच अफ गरेर बस्ने गरेका छन् ।

निर्माण व्यवसायी स्थानीयवासी भएकाले आफ्नो टोलअघिको सडक क्षेत्रमा केन्द्रित भई पहिले जोरपाटी–सुन्दरीजल सडकको भैरवचौर–भूमिस्थली क्षेत्रमा मात्र कालोपत्र गरेर अन्यत्रको काममा ढिलाइ गरेको नगरवासी गुनासो गर्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending