Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

सचिवहरुको फेरबदल हुँदै, यी हुन् गृह मन्त्रालय ताक्ने सचिवहरु

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने  सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने गर्दछन् ।

२०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा बर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन् । तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ । प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका हुन् ।

गृहमन्त्रालयको सचिवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला सबै भन्दा योग्य मानिन्छन् ।  विशेष सुरक्षा तालिम प्राप्त, संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयको कार्यानुभवका साथै गृहप्रशासनमा कोइराला विशेष अनुभवी मानिन्छन् ।  

हक्की स्वभावका वरिष्ठ सचिव कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  झापा, कास्की, पर्सा, ललितपुरको सिडिओका साथै सहसचिव भएर गृहमा लामो समय बिताएका विवादमा नपरेका योग्य मध्येका हुन् । अन्य केही कनिष्ठ, गृहको अनुभव नभएका तर चाकडीको अनुभव भएका गृहसचिव बन्ने दौडमा रहेका छन् ।

गृहसचिवको दौडमा सबैभन्दा जुनियर सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लक्ष्मण अर्याल र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राया पनि गृहसचिवका दाबेदार हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूर्यप्रसाद गौतम पनि गृह सचिव बन्न रहर गर्दैछन् । गौतम शिक्षा सेवामा लामो समय काम गरेका विवादित सचिव हुन् । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा पनि काम गरेका छैनन् ।  साँधु साप्ताहिकबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...

अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending