Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्नेमा प्रचण्ड विश्वस्त

खबरडबली संवाददाता

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । 

 पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा मंगलबार जनकपुरधाममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास समेत व्यक्त गरे ।

उनले प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने उनले बताए । यसअघि पनि असंवैधानिक तरिकाबाट विघटन भएको संसद सर्वोच्चले पुर्नस्थापना गरेको छ,’ प्रचण्डले सञ्चारकर्मीसंग भन,े ‘अहिले पनि अदालतबाट पुर्नस्थापन हुनेमा विश्वस्त रहेको छु । संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ । त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।’ ‘यस पटक सम्मानीत सर्वोच्च अदालतले संसद पुर्नस्थापना मात्र नभए प्रधानमन्त्रीमा शेरबहादुर देउवालई नियुक्त गर्न परमादेश समेत जारी गर्नु पर्छ,’ उनले भने ।  

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । 
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । 

 लामो समयदेखि क्यान्सरबाट पीडित यादवको पार्थिक शरीरमा विहान प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending