Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गोकर्णेश्वरमा फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान

रासस

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ । नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको वाग्मती किनारमा सो यन्त्र जडान गरिएको नगरप्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए । नगरपालिकाले तीन वर्षअघि नै ल्याएको यन्त्र प्राविधिक कारणले जडानमा ढिलाइ भएको हो ।

 
रु पाँच करोडको लागतमा फोहर व्यवस्थापन गर्ने दुईवटा यन्त्र ल्याइएकामा एउटा जडान गरिएको छ । अर्को यन्त्र जडान गर्न बाँकी छ । साउनदेखि नै यन्त्र सञ्चालन शुरु गरी फोहर व्यवस्थापन गरिने उनले बताए । यन्त्र जडान गरेपछि अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका हुने जनाइएको छ । यन्त्रले फोहर दहन गर्नेछ । वातावरणमैत्री यन्त्र भएकाले स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ ।

यन्त्र जडानसँगै सामाजिक चेतना र फोहर वर्गीकरणका लागि कार्यक्रम ल्याउनुपर्ने माग गर्दछन् वाग्मती सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी । यन्त्रलाई बढी प्रभावकारी र उपयोगी बनाउने गरी काम गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

घरान नै फोहर वर्गीकरण गर्दा झण्डै ८० प्रतिशत कमी आउने जनाइएको छ । कुहिने फोहरलाई घर बाहिर फाल्न बर्जित गर्ने कानूनको तर्जुमा गर्नसक्दा यन्त्र प्रयोगले सार्थकता पाउने उनको भनाइ छ ।  यसैगरी बिक्री हुने र बिक्री नहुने फोहरको वर्गीकरणलाई अनिवार्य शर्तका रूपमा नगरवासीले स्वीकार गर्ने वातावरण बनाइनुपर्छ ।

कुहिने फोहरबाट मल बनाउने, नकुहिनेमा पनि बिक्री हुने फोहरलाई अलग राख्ने र प्लाष्टिक प्रयोगलाई बर्जित गरेर यन्त्रले धेरै भार खप्नु नपर्ने अभियानकर्मीको सुझाव छ । सुक्खा फोहरका लागि उपयुक्त यन्त्रमा अन्य फोहरले असर पुर्‍याउन सक्नेतर्फ पनि अभियानकर्मीले सचेत गराएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending