Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

रासस

काठमाडौँ । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । 

डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि आउने तयारीमा छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको चारमध्येका एक प्रतिस्पर्धी शिरिर पन्तले जानकारी दिए ।

लण्डनमा सहभागी हुन आउन खर्च लाग्ने दुखेसो गरेपछि गैरआवसीय नेपाली सङ्घका पदाधिकारीले व्यक्तिगतरूपमा र संस्थागतरूपमा सहयोग गर्न पहलका लागि गो फण्ड परोपकारी सञ्जालमार्फत रकम सङ्कलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले जानकारी दिए । बस्न र खानका लागि बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागिसमेत रकमको समस्या रहेको हुँदा उक्त सहयोग अभियान सञ्चालन गरिएको हो ।

घरेलु उद्योगका रूपमा विकास गर्न पनि सकिने र गृहिणीले आफ्नो बचेको समयमा यसैमा समय बिताए पैसा र पौष्टिक आहार दुवै हुने सोचका साथ विकास गरिएको मेसिनले कम खर्चमा डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ । हाल व्यावसायिकरूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy