Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

५० हजारले शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट मासिक २ लाख आम्दानी गर्दै नमोबुद्धका दीपेश

रासस

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेका छन् ।  करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उनी मनग्य आम्दानी गर्न सफल भएका छन् । 

उनले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहेका छन् । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताए ।

अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उनले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेलामा भकुण्डे, बनेपा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरेको उनले बताए  । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको लामाको भनाइ छ । “अहिले मासिक करिब रु दुई लाख जति आम्दानी हुन्छ, त्यसबाट कामदारलाई तलब दिने, खर्च कटाउने र बाँकी ऋण तिर्दै आइरहेको छु”, उनले भने, “काम गर्नेमध्ये छ जना सुर्खेतबाट आएर काम गरिरहेका छन् भने बाँकी चार जना स्थानीयवासी रहेका छन् ।”

उनका अनुसार दुई/दुई जनाको परिवार रहेको कामदारमध्ये भैँसी फार्ममा काम गर्नेलाई मासिक रु ३० हजार, तरकारी खेती गर्नेलाई रु २५ हजार र बाख्रा फार्ममा काम गर्नेलाई रु २२ हजार दिने गरिएको छ । यसरी काम गर्दै आएको करिब दुई वर्ष भयो । त्यसरी व्यवसाय गर्नका लागि उनले गाउँमा नै मासिक रु एक लाखको पाँच हजार ब्याज तिर्ने गरी ऋण लिएर चलाइरहेको बताए । “यदि त्यसरी चर्को ब्याज तिर्न नपरेको भए दुई वर्षमा मैले दोब्बर कमाइ गर्ने थिएँ तर अहिले चर्को ब्याजमा ऋण लिएर चलाएका कारण अहिलेसम्ममा ऋण तिर्नमा नै ठिक्क भइरहेको छ”, उनले भने, “मेरो अहिले २० रोपनी जग्गा छ, बेच्यो भने रु दुई करोड जति आउँछ तर मलाई कृषि व्यवसायका लागि बैंकमा जाँदा विभिन्न कागजात माग्ने, त्यसमा पनि गाउँको जग्गा राखेर ऋण दिन मिल्दैन भनेर झुलायो, अन्तिममा २० रोपनी जग्गा धितो राखेर जम्मा रु १० लाख लैजाऊ भनेपछि त्यो छाडेर गाउँमा नै बरु चर्को ब्याज तिरेर चलाउँछु भनेर शुरु गरेको हुँ ।” 

अहिले पालेको खसी बोका बिक्री गर्नका लागि बजारको कुनै समस्या नभएको उनले बताए । चाहेको बेलामा खरिदकर्ता आफैँ लिन आउँछन् र आफँैले लग्यो भने पनि गाडी भाडा उनीहरुले नै बेहोरेर खरिद गर्ने गरेको उनको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री भएन भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नभएको उनले बताए ।

कृषि फार्म सञ्चालन गर्नका लागि नगरपालिकाको कृषि शाखा प्रमुख रेशम दाहालसँग सल्लाह गरेर काम गर्दा उनले शुरुमा गर्नुस् भनेपछि अन्तिममा एउटा प्लाष्टिक र औषधि छर्ने पम्पसमेत नदिएपछि राज्यको निकायबाट आउने सहयोगको समेत आशा मारेको उनले बताए  । बीस वटा टनेलबाट शुरु गरेको खेती अहिले ३२ रोपनी जग्गामा ५० वटा टनेल बनाएर सबैमा गोलभेँडा फलाई रहेका छन् । दुई लट गरी रोपेको गोलभेँडा अहिले कुनैमा फूल फुल्ने र कुनै टनेलमा लटरम्म फलिरहेको छ । “उत्पादन भएको गोलभेँडा बिक्री भएन भन्ने चिन्ता छैन, अधिकांश स्थानीय बजारमै बिक्री हुन्छ, बाँकी रहेको भकुण्डे, धुलिखेल, बनेपा र काठमाडौँसम्म लगेर बेच्ने गरेको छु”, उनले भने । त्यससँगै फार्ममा दुर्ईवटा गाई र पाँचवटा भैँसी छन् । “ती गाई, भैँसीबाट दैनिक ८५ देखि ९० लिटर दूध उत्पादन हुने गरेको छ, त्यससँगै गाउँमै दूध सङ्कलन गरी दैनिक २०० देखि २५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उनले भने, “कृषि खेतीसँगै ५० वटा बाख्रा छन्, अब दुई महिनामा ९० वटा खसी बोका पुर्‍याउने लक्ष्य राखेको छु ।”

यसरी शुरु भयो व्यवसाय

विसं २०६६ मा विदेश जानका लागि राहदानी निकाल्न परराष्ट्र मन्त्रालय अगाडि गएर राति नै २ बजे लाइन बस्न जाँदा त्यो रातको समयमा मान्छेको लाइन देखेपछि लगेको सिफारिसपत्र त्यहीँ च्यातेर भोलिपल्ट घर फर्केपछि रु ५० हजार ऋण लिएर किराना व्यवसायबाट काम शुरु गरेको व्यावसायिक यात्राले मासिक रु दुई लाखसम्मको आम्दानी गरिरहेको उनले भने ।

दश जनालाई रोजगारी

फार्ममा विगत एक वर्षदेखि काम गर्दै आउनुभएका कुमार सिजापति मगरले उहाँको तरकारी खेतीमा आफ्नो दैनिकी बिताइरहेका छन्  । यअघि सिन्धुपाल्चोकको चौतारामा कृषि फार्ममा नै काम गर्ने एक जना दाजुले काम गर्न बोलाएपछि कामको सिलसिलामा त्यहाँ पुगेका उनी  अहिले पिपलटारको ‘एलिस्का कृषि फार्म’मा काम गर्दै आएका छन् । सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका–६ बाबियाचौरको खमारे घर भएका उनको हिजोआज कृषि फार्ममा टनेल हेर्ने, बेर्ना उमार्ने, रोप्ने, टिप्ने, कटिङ गर्ने क्रममा नै समय बित्ने गरेको छ । सोवापत उनी र श्रीमतीको गरी मासिक रु २५ हजार प्राप्त हुन्छ । गाउँमा धेरै दु:ख गर्नुपर्ने र कृषिमा नै लागे पनि उत्पादन गरेको सामान बोकेर बजारसम्म जानलाई धेरै टाढा भएका कारण बरु काम गरेर तलब थापेको नै राम्रो हुने उनले बताए  ।

सोही ठाउँका अर्का तपेन्द्र बोहोराको दैनिकी पनि त्यही फार्ममा गाई, भैँसी स्याहार्दै बित्ने गरेको छ । गाउँमै कृषि काम गरेर जीविकोपार्जन गर्दै आएका उनले  गाउँकै एक जना भाइको सम्पर्कमा त्यहाँ आएर एक वर्षदेखि काम गर्दै आइरहेका  छ । विदेश गएर पसिना बगाउनुभन्दा परिवारसँगै बसेर सानै खेतमा परिश्रम गरेर थुप्रै फलाउन सक्ने भएकाले आफ्नै देशमा पसिना बगाएर कमाउनुमा छुट्टै आनन्द हुने गरेको अनुभव सुनाए । उनको पनि दुई जना परिवारले मासिक रु ३० हजार पाउने गरेको छ ।

गाई र भैँसी फार्मबाहेक मिल र बाख्रासमेत आफँैले नै हेर्ने गरेको उनले बताए । कृषिसम्बन्धी तालिमसमेत लिएका उनले अब भैँसी फार्म र मिललगायतका अनुभव भएकाले अब आफैँले पनि लगानी गरेर व्यवसाय गर्ने सोचमा रहेको बताए  । कमाएको पैसाले पहिलाको ऋण तिरेर अहिले ब्याजमा लगानी गरेको उनको भनाइ छ । सो फार्ममा उनी लगायत १० जनाले रोजगारीसमेत पाएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy