Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पाँच वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले

रासस

बुटवल । रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुलवापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् ।

सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र नबुझाए विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटिदिने गरे पनि ती उद्योगलाई भने विद्युत् प्राधिकरणले चेतावनी मात्रै दिँदै आएको छ । विद्युत् प्राधिकरण भैरहवाका अनुसार रुपन्देहीमा अर्बौँ रकम बक्यौता बाँकी छ । अर्घाखाँची सिमेन्ट उद्योगले रु एक अर्ब ११ करोड विद्युत् महसुलवापतको बक्यौता तिरेको छैन । यसैगरी जगदम्बा सिन्थेटिक्सले रु ४२ करोड ९८ लाख ८६ हजार, पञ्चकन्या स्टिल प्रालिको रु नौ करोड ९७ लाख ४७ हजार ३९९, सिद्धार्थ पेट प्लास्टको रु चार करोड ३५ लाख, विशाल सिमेन्ट उद्योगको रु चार करोड २८ लाख बाँकी बक्यौता छ ।

यसैगरी घराना फुड्सको रु चार करोड १८ लाख छ हजार २०१, एभरेष्ट रोलिङको रु तीन करोड ५९ लाख, एसआर फुड्स प्रालिको रु तीन करोड १० लाख २१ हजार बाँकी बक्यौता छ । यसैगरी गोयन्का फुड्सको रु दुई करोड ७७ लाख ६९ हजार, यशोदा फुड्स प्रालिको रु दुई करोड ५२ लाख तीन हजार, सोना प्याकेजिङको रु एक करोड ७० लाख, सोना पोलिमर्सको रु एक करोड ६२ लाख, फेरो स्टिल प्रालिको रु एक करोड छ लाख बाँकी बक्यौता छ ।

यसैगरी शुभलक्ष्मी पोलिमर्सको रु ६८ लाख ३५ हजार, नवनेपाल प्लाष्टिकको रु ७५ लाख २४ हजार विद्युत् महसुल बक्यौता बाँकी छ । यसैगरी श्याम प्लाष्टिकको रु ८५ लाख नौ हजार, भलवारी स्वचालित चामल कारखानाको रु ५६ लाख ८६ हजार, एजी हेल्थ उद्योगको रु ४७ लाख १२ हजार, नेशनल रबर इन्डस्ट्रिजको रु १३ लाख ४१ हजार, जिबी टेक्सटाइल दुई उद्योगको रु ३८ लाख ९२ हजार, नारयण रबर उद्योगको रु सात लाख ६७ हजार ५४७ र प्रिया प्याकेजिङको रु छ लाख ८५ हजार ५२२ बाँकी बक्यौता रहेको छ ।

विद्युत् उपभोग गरेवापत महसुलको बाँकी बक्यौता रकम नतिरी यतिबेला उद्योगी शक्तिकेन्द्र धाउन थालेका छन् । उनीहरुले विद्युत् प्राधिकरणले आफूहरुलाई जानकारी नै नदिई ट्रङ्कलाइनमा जोडिदिएर महसुल असुल्न थालेको आरोप लगाएका छन् । विद्युत् प्राधिकरणले भने भरौलिया अमुवा करिडोरका १५ उद्योगलाई २०७४ चैत १४ गते नै पत्र पठाएर सूचना दिएको बताएको छ । विद्युत् प्राधिकरणका अनुसार भरौलिया अमुवा ग्रीडका १५ उद्योग विसं २०७४ चैत १४ गते, बुटवल भैरहवा ग्रिडका पाँच उद्योग २०७२ साउनदेखि र बुटवल लुम्बिनी ग्रिडका तीन उद्योग २०७२ साउनदेखि ट्रङ्कलाइनमा जोडिएका हुन् ।

यसअघि प्रतिनिधसभा संसद्को सार्वजनिक लेखा समितिको २०७७ चैत २२ गते सम्पन्न बैठकले एक महिनाभित्र विद्युत् महसुलवापतको बक्यौता रकम असुल्न सरकार र प्राधिकरणलाई निर्देशन दिएको थियो । यसैगरी तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको अध्यक्षतामा बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको २०७७ माघ ११ गतेको बैठकले पनि बक्यौता रकम सबै असुल्ने निर्णय गरेको थियो ।

त्यतिमात्रै होइन, विद्युत् प्राधिकरणले २०७८ असार ११ गते असार मसान्तभित्र सबै बक्यौता रकम तिर्न उद्योगलाई पत्र पठाएको छ । उद्योगीहरु रकम तिर्नुको साटो विद्युत् प्राधिकरणमा डेलिगेशन तथा दबाब दिइरहेका छन् । विसं २०७७ साउनदेखि विद्युत् नियमन आयोगले लोडसेडिङ हटेको भन्दै डेडिकेटेड र ट्रङ्कलाइन भनी फरक महसुल दर कायमलाई हटाएको छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णयसँगै गत वर्षको साउनयताको ट्रङ्कलाइनको महसुल नजोडिएको प्राधिकरणको भनाइ छ । यता उद्योगीले भने आफूहरुले ट्रङ्कलाइनका नाममा प्राधिकरणले कायम गरेको महसुल नतिर्ने भन्दै अटेर गर्दै आएका छन् ।

विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले महसुल नतिर्नेको नियमानुसार लाइन काट्ने र बक्यौता रकम असुलीका लागि कानूनी प्रक्रिया थालिने बताए। उद्योगीले भने आफूहरु अन्यायमा परेको हँुदा अदालत जान थालेको बताएका छन् । अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले भने, ‘हामी अदालत गएका छौँ, यसैले त्यहाँको आदेशपछि के गर्ने हो गर्छौँ ।’

राजस्व असुलीमा तीन वर्षपछि सफल भयो भैरहवा भन्सार

कोरोना सङ्क्रमणका कारण राज्यका विभिन्न निकाय राजश्व असुलीमा असफल भइरहेका बेला भैरहवा भन्सार कार्यालय भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले विगतका वर्षको तुलनामा आर्थिक गतिविधि बढेसँगै राजश्व असुली बढेको राससलाई बताए ।

आव २०७७/७८ को असार सम्ममा भन्सार कार्यालयले ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । उक्त राजश्व सङ्कलन वार्षिक लक्ष्यभन्दा १२ दशमलव ५४ प्रतिशत बढी हो । आव २०७४/७५ मा रु ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकामा ८६ प्रतिशत मात्र अर्थात् रु ७० अर्ब २८ करोड ९३ लाख पाँच हजार राजश्व असुली भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

यसैगरी आव २०७५/७६ मा पनि कार्यालयले रु ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकामा ८८ प्रतिशत अर्थात् रु ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो । सबैभन्दा कम राजश्व आव २०७६/७७ मा असुल भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी रु एक खर्ब छ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकामा कार्यालय ६६ प्रतिशत अर्थात् रु ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व मात्र असुल्न सफल भएको थियो ।

आव २०७७/०७८ मा भन्सार कार्यालयले विगत तीन वर्षको राजश्व असुलीको असफलता तोड्दै ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । आव २०७७/७८ मा रु ९९ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य पाएको कार्यालयले रु एक खर्ब १२ अर्ब राजश्व असुली गरेको छ । गत मङ्सिरमा कार्यालय प्रमुख भएर आएका पौडेलले भन्सारमा नियमितरूपमा आन्तरिक नियन्त्रण छड्के जाँच,  अनलाइन मनिटरिङ, हरेक दिनको कारोबारको आलेप अर्को दिन गर्ने प्रणालीको शुरुआत र वैध व्यापारलाई प्रोत्साहन हुने गरी डेस्क सञ्चालन गरेसँगै राजश्व असुलीमा सफलता हासिल भएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending