Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जिल्ला अस्पताललाई ६४ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

रासस

सिमकोट । स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै उक्त डिजिटल एक्सरे मेशिन, नोजल क्यानला, विपप मेशिन, आइपिसी मेशिन र एबिजी मेशिन हस्तान्तरण गरेको हो । 

जनस्वास्थ्य कार्यालय हुम्लाको अनुरोधमा कार्यक्रमले आफैँ उक्त स्वास्थ्य उपकरण खरिद गरेर हस्तान्तरण गरेको कार्यक्रमका प्राविधिक अधिकृत कालीदास जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रमले रु ३५ लाख ५९ हजार ५०० मूल्यको डिजिटल एक्सरे मेशिन जडान गरेर आइतबार हस्तान्तरण गरेको हो । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रमले रु ११ लाख ७८ हजार ३६४ मूल्यका नोजल क्यानला, रु एक लाख ५४ हजार ३१५ को विपप मेशिन, रु तीन लाख मूल्यको आइपिसी मेशिन र रु १२ लाख ४३ हजार मूल्यको एबिजी मेशिन हस्तान्तरण गरेको छ । 

जिल्ला अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कार्यक्रमका तर्फबाट सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त सामग्री जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहलाई हस्तान्तरण गरेका छन् ।  सो अवसरमा अध्यक्ष लामाले हुम्ला स्रोतको धनी भए पनि भौगोलिक र उपकरणको समस्याले उपचारमा थप जटिलता उत्पन्न भएको उल्लेख गर्दै यो स्वास्थ्य उपकरणले जिल्लावासीलाई ठूलो राहत हुने उल्लेख गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies