Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

थुनुवाको चापले नै कारागार अस्तव्यस्त

रासस

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदीरथुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदीरथुनुवामात्रै राख्नसक्ने छ ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।

न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्रले बताए । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।

“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भने, “यसले पछिल्लो एक महिनाभित्र क्रमश: थुनुवा घट्दै गएका छन् ।” गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ । कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ । “पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भने ।

पछिल्ला केही दिनयता धनुषाले पुरुष थुनुवा पठाउन छाडे पनि हाल कारागारमा रहेका कूल सङ्ख्याका कैदीरथुनुवामध्ये ६० प्रतिशतको हाराहारी धनुषाकै रहेका कारागार प्रशासनले जनाएको छ । दैनिक थपिनेमा कर्तव्य ज्यान, लागुपदार्थ दुव्र्यसन र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका मिश्रले बताए  । 

निकै पुरानो जीर्ण कारागार भवनको बसाइ निकै त्रासदीपूर्ण हुने गरेको कैदी/थुनुवा बताउँछन् । “पन्ध्र दिन पनि भएको छैन, मटिहानीमा संस्कृत माध्यमिक विद्यालयको पुरानो भवन ढलेको छ”, पुरुष र महिला गरी दुई छुट्टाछुट्टै कक्ष रहेको कारागारमा महिला कक्षकी एक थुनुवाले भने, “त्यो घटनायता दिनमा कैयन पटक हामी झस्कने गरेका छौँ ।” गत असार अन्तिम साता जिल्लाकै मटिहानीस्थित संस्कृत विद्यालयको १०० वर्ष पुरानो भवन ढलेको थियो । कारागारको छत र पर्खालबाट सिमेन्ट उप्किएर झर्ने गरेको र यो घटनाले भवन ढल्छ कि भन्ने त्रास हरदम रहने गरेको महिलाकक्षका कैदी/थुनुवा बताउँछन् । जलेश्वरकै गहिरो ठाउँमा रहेको कारागारमा केहीबेर पानी पर्नासाथ निकासको प्रबन्ध नहुँदा कैदीरथुनुवाकक्षभित्र हिलाम्य हुने गरेको छ ।

कारागारको यो अवस्थाबारे मानवअधिकारवादी सङ्घ संस्थाले कारागार प्रशासन, जिल्ला प्रशासन र सुरक्षा निकायलाई सचेत गराउँदै आएका छन् । मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले बताए, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदीरथुनुवा राखिनु पर्छ, कैदीरथुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी/थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies