चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए ।
महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उनले भने, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।” महानगरको इजलासमा गत आवमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए ।
गत आवका लागि ४४ मुद्दामध्ये यस आवलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उनले जानकारी दिए । न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उनले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताए । उनले भने, “जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छाँै । जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८० - २१:५५
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ...
जेष्ठ २२ गते, २०८० - २१:५२
टोकियो । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति प...
जेष्ठ २२ गते, २०८० - २१:३५
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...
जेष्ठ २२ गते, २०८० - २०:५१
काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल...
जेष्ठ २२ गते, २०८० - २०:४३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको ...
जेष्ठ २२ गते, २०८० - २०:३१
काठमाडौं । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न...
जेष्ठ २२ गते, २०८० - २०:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प...
जेष्ठ २२ गते, २०८० - २०:२२
म्याग्दी । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लो...
जेष्ठ २२ गते, २०८० - १९:१०
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका...
जेष्ठ २२ गते, २०८० - १८:३५
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।...
प्रतिकृया लेख्नुहोस्: