काठमाडौँ । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । ।
राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिए ।
नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरे ।
नेकपा (एमाले) का खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो की भन्ने आशङ्का बढेको बताए ।
उनले भने, “अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ ?” उनले संसद्मा एमालेले रचनात्मक भूमिका खेल्ने सुनाए ।
यस्तै नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गरे । उनले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पारे । “देउवा सरकारले कसरी विश्वासको मत प्राप्त गर्यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ”, सांसद शर्माले भने ।
यस्तै नेकपा एमालेका भगवती न्यौपानेले एमालेले न्यायालयको फैसलाको सम्मान गरेपनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गरे । “अदालतको फैसला निर्दलीयताको पक्षमा छ, सिधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ”, सांसद न्यौपानेले भने ।
यसैगरी नेकपा एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताए । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन उनले माग गरे ।
यस्तै नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । “यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ”, उनले भने । विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरले सरकारसँग माग गरे ।
यस्तै नेकपा माओवादी केन्द्रका सांसद विना पोखरेलले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसँग माग गरे । यसैगरी नेकपा एमालेका सांसद दिलकुमारी थापा रावलले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउने आशङ्का छ भने । कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा सरकारको त्यसतर्फ ध्यान जानुपर्नेमा उनले जोड दिए । “ज्येष्ठ नागरिकलाई सहजै खोपको व्यवस्था गर्नुपर्छ”, सांसद रावलले भने ।
यस्तै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताए । उनले ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिए । सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: