फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ ।
फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उनले याक गोठमै ६५ वर्ष बिताइसकेका छन् । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो ।
यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता याक चीनमा निर्यात हुनसकेको छैन । चीनको नाका दुई वर्षदेखि बन्द भएपछि यहाँका बासिन्दाले याक बिक्री गरेर आम्दानी लिनसकेका छैनन् । याक चीन निर्यात नहँुदा याङ्मा बस्तीका समुदायमा आर्थिक सङ्कट लागेको स्थानीयवासी ठावा शेर्पाले बताए ।
फिन्जो शेर्पाका परिवार नै अहिले याक गोठमा छन् । उनको घर याङ्मा हो तर अहिले घरमा ताल्चा लगाएर गोठमै याक बाछा स्याहार्न, दुहुनो याक दुहुन र छुर्पी बनाउँदै दिन बित्छ । उनले पनि याक गोठबाट आम्दानी लिन सकेका छैनन् । दुई वर्षअगाडि नौदेखि १२ वटासम्म याकका बाछादेखि बयस्क याक चीनमा बिक्री गर्दै आएको शेर्पाले बताए । विगतमा याक बिक्री गरेर वार्षिक रु नौदेखि रु १५ लाखसम्म आम्दानी लिँदै आएको भए पनि दुई वर्षयता याकबाट आम्दानी लिन नसकेको शेर्पाले बताए ।
एउटा याक रु एक लाख ५० हजारसम्ममा चीनका निर्यात हुने गरेको याङ्माका स्थानीय याकपालक टाँसी फिन्जो शेर्पाले बताए । चीनका नागरिकले याकको बाछापालनका लागि खरिद गरेर लाने गरेको शेर्पाले बताए । वयस्क याक भने मासुका लागि खरिद गर्ने गरेको स्थानीयवासीको भनाइ छ । याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले कोभिडका कारण नाका बन्द भएपछि आर्थिक सङ्कट बेहोर्दै आएको स्थानीयवासी छाम्जे शेर्पाले बताए ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र याकपालनका लागि अनुकूल रहेको छ । याङ्माका प्रत्येक परिवारको याक गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत पशुपालन हो । याकको बाछा, वयस्क याक, घ्यू, छुर्पी, चमर (याकको पुच्छर) चीनको विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको छ । याकको बाछा रु एक लाखसम्ममा चीनमा बिक्री हुने गरेको सोनाम शेर्पाले बताए । याकको घ्यू र छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको छ । पशुजन्य उत्पादनबाट याङ्मागाउँका समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन् ।
कोभिड–१९ का कारणले चीनको टिप्ताला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक सङ्कट लाग्न थालेको स्थानीयवासीको भनाइ छ । वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो तर दुई वर्षयता ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारदेखि खरिद मूल्यभन्दा तीन गुणा बढीमा ढुवानी गर्नुपरेको स्थानीयवासीको भनाइ छ । कोभिडका कारण दुई वर्षदेखि चीन टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्तीका समुदायले विभिन्न समस्या खेप्दै आएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला र याङ्मा क्षेत्रका बढी प्रभावित हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: