Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

रासस

कास्की । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका  वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।

स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताए । उनका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको  जानकारी दिए  । एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उनले बताए ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । एनआरएनए हङकङ र यसका अध्यक्ष गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट बिरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकामा गण्डकी प्रदेशमा १५ थान रहेको छ । गण्डकी प्रदेशमा सार्दिखोला स्वास्थ्यचौकीसहित तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा कोभिड आइसोलेशन केन्द्रलाई दुई थान र म्याग्दीको बेनी जिल्ला अस्पतालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरिएको छ ।

सालिजा स्वास्थ्यचौकी पर्वतलाई एक थान, बुर्तिबाङ स्वास्थ्यचौकीलाई दुई थान, लमजुङ जिल्ला अस्पतालाई दुई थान र लमजुङकै उत्तरकन्या स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर एनआरएनएबाट सहयोगस्वरुप प्राप्त भएको प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending