Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कास्कीको लुम्ले र भदौरे गाविसमा भिषण पहिरोमा १६ को मृत्यु ५५ बेपत्ता

\"pahero\"१४ साउन, कास्की । कास्की लुम्ले गाविसको वडा नम्बर ४ र ६ तथा भदौरे गाविसको तामागीमा बुधबार राति भिषण पहिरो गएको छ । पहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन् भने करिब ५५ जना बेपत्ता भएका छन । ती गाविसका करिब दुई दर्जन घरहरु पहिरोले बगाएको छ । ज्यान गुमाउनेमा लुम्ले गाविसमा ११ जना तथा भदौरे गाविसको तामागीका ५ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले खबरडबलीलाई जानकारी दिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको हेलिकप्टर सो क्षेत्रमा खटाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत तथा प्रहरी प्रमुख एसपी हरीबहादुर पाल घटनास्थल पुगी सकेका छन् । स्थानिय तथा जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार लुम्लेको बस्ती भएको ठाँउमा अहिले पहिरो र खोला बगी रहेको छ । पहिराेका कारण स्थानिय विस्तापित हुने भएका छन । पोखरा सदरमुकामदेखि ३२ किमी पश्चिम रहेको लुम्ले तथा पोखराको फेवातालदेखि पारी पट्टी भएको भदौरेमा गए राती पहिरो आएको हो । लुम्लेमा नौडाँडा प्रहरी चौकीबाट असई ज्ञानप्रसाद लामिछानेको नेतृत्वमा ४ जनाको टोली बिहानै घटना स्थल पुगेर स्थानियको सहयोगमा उद्धार कार्य जारी राखिएको थियो । लुम्लेमा ज्यान गुमाएका ११ जना मध्ये ६ जनाको सनाखत भैसकेको छ भने अन्यको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुनेमा लुम्लेकी पद्मी देवकोटा, रत्ना पौडेल, बसन्त बीककी दुई नातिनी तथा छिरिङ शेर्पा र उनकी श्रीमति रहेको स्थानिय श्रीप्रसाद देवकोटाले खबरडबलीलाई जानकारी दिएका छन् । त्यस्तै भदौरे गाविसको तामागीमा ५ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका १४ को जिवितै उद्धार गरिएको छ । पहिरोमा परि ज्यान गुएमाएका मध्ये दुई बालक र दुई महिलाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले खबरडबलीलाई जनाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेकाले दुबै ठाँउमा मृतकको संख्या, घाइते तथा बेपत्ताको संख्या यकिन हुन नसकेको प्रहरीको भनाई छ । खबरडबलीसँग कुरा गर्दै कास्की प्रहरी प्रमुख एसपी पालले उद्धार तथा राहत कार्य जारी रहेकाले अहिले नै मृतक तथा बेपत्ताको संख्या यकिन साथ भन्न नसकिने बताए । पहिरो राती सुतेको अवस्थामा आएको हुनाले मृतकको संख्या बढ्न सक्ने असई लामिछानेले जानकारी दिए । अहिले पहिरो गएको ठाँउमा प्रहरी पुगी सकेको छ भने स्थानियहरुको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । यसका साथै पोखरा–बाग्लुङ अवरुद्ध सडक समेत खुलाउने प्रयास भैरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending