Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

५० परिवारलाई नि:शुल्क सोलार वितरण

खबरडबली संवाददाता

मान्मा । मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा नि:शुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पुर्‍याउन सोलार वितरण गरिएको हो । 

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए  । “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”

प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पुर्‍याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर ंिसंहले बताए । “यो कार्यक्रमअन्र्तगत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उनले भने, “त्यसैको आधारमा नि:शुल्क सोलार वितरण गरिएको हो ।” 

प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले नि:शुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोने गरेको अध्यक्ष सिंहले बताए । अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् । सैतीस प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: