Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

गृहमन्त्रीद्वारा सिन्धुुपाल्चोक घटनाबारे संसदलाई जानकारी

रासस
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिएका छन् । 
 
राष्ट्रियसभाको आजको बैठकमा उहाँले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । उनले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समासमेत क्षति पुुगेको जानकारी दिए  ।
 
गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए  । 
 
गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुन:निर्माण र पुन:स्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र सो अनुरुप जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको उनले जानकारी दिए ।
 
मेलम्ची क्षेत्रमा बाढीपहिराको जोखिम देखिनुुका मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी पनि उनले दिए  ।  
 
गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेग््यानसहितको बाढी पुन: आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल (हेलम्बु गाउँपालिका ३–७ जोड्ने), एक  झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए । 
 
हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौंँ–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्जयाङ–चित्रे सडकका साथै कुटुमसाङगा हँुदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको जानकारी दिइयो । 
 
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिए ।
 
मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी दिए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy