Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध: मुख्यमन्त्री पौडेल

खबरडबली संवाददाता

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताएका छन् ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण गरिने हेटौँडा उपमहानगरपालिका–१ स्थित रहेको हेटौँडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा आज उनले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अब प्रदेश सरकारले क्रमश: ५०० शय्या थप गर्ने लक्ष्य लिएको बताए । 

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको रु २३ करोड २७ लाखको लागतमा पाँच तल्लाको २०० शय्याको अस्पताल भवन आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जीव बरालले बताए ।

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले  प्रदेशका १३ वटै जिल्ला अस्पतालमा प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल हातामा बृहत् अक्सिजन प्लान्ट जडान, पीसीआर मेसिन र भेन्टिलेटरहरु उपलब्ध गराइएको उल्लेख गरे । 

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा अस्पतालको गुणस्तरीय सेवा अभिवृद्धि गर्न भवन निर्माण गर्नुका साथै पक्की पुल, सडक निर्माण, खानेपानी, विद्युतीकरणका लागि स्थानीय निकायबाट आएका मागअनुसार सरकारले क्रमश: कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताए । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies