बनियान । इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती शुरु गरेका हुन् । झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए ।
“एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उनले भने, “ यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उनको दाबी छ ।
विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुने उनले बताए । कोसा मोटो र लामो हुने बताउँदै उनले भने, “एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ ।”
बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गरेका छन् । एग्रिसेन्टरमा उनीसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । रु २५ लाखबाट शुरु गरेको व्यवसायमा अहिले रु ७० लाख लगानी पुगिसकेको छ । एक वर्षअघि शुरु गरिएको केराखेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ । केराखेती बढाएर २५ बिघामा पुर्याउने लक्ष्य रहेको सुनाउँदै उनले भने, “जग्गा भाडामा लिएर घेराबारा गरिसकेका छौँ, आउने मौसममा बिरुवा लगाउँछौँ ।” हाल दुई बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताए ।
सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल गएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गरे । इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि प्रयोगशालामा विकास गरिएको बिरुवा ल्याएर खेती गरिएको उनले बताए । अहिले उनको बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कँदै गरेका विभिन्न चरणका केराका बोट छन् ।
विलियम जातको केराखेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउनुहुन्छ । फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेका छन् । यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ । साथै पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगरलगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादित केराको बजारको अभाव नरहेको बताउँदै उनले भने, “बजारको समस्या छैन, व्यापारीहरु बगानमै आएर पनि लैजानुहुन्छ ।”
शुरु–शुरुमा धेरै नाफा नदेखे पनि अबको उत्पादनले नाफा दिने उनको भनाइ छ । उनले आउँदो दशैँलाई लक्ष्य गरेर केरा उत्पादनको तयारी गरिरहेका छन् । केराखेतीका लागि यहाँको माटो अनुकूल भएकाले रासायनिक मलको आवश्यकतै नपर्ने बताउँदै उनले आफूहरुले उत्पादन गरेको केरा अग्र्यानिक रहेको दाबी गरे । उनले भने, “खेतमा आफैँ तयार पारेको जैविक मल प्रयोग गर्छौँ ।” फार्ममा अहिले पाँच जनाले रोजगारीसमेत पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: