काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
प्रतिकृया लेख्नुहोस्: