Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मुख्यमन्त्री पोखरेल भन्छन्– जनताका पिरमर्का बुझेर काम गर्छु

खबरडबली संवाददाता

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्  । 

पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए । प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए  । 

शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए  ।

अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी गराए  । 

नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो । उनले  नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राखे  । मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उनको  भनाइ थियो । 

मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताए । उनले युवालाई खेलकूदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकूद जरुरी रहेको बताए  । खेलकूदको गतिविधि बढाउन प्रदेश सरकारले क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए  । 

कावासोतीमा भएको फरक कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलद्वारा जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका छन् । सरकार समर्थित सात दलले मुख्यमन्त्री पोखरेललाई बुझाएको ज्ञापनपत्रमा नमूना सदरमुकाम निर्माणको डिपिआर अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्लास्तरीय खेलकूद रङ्गशाला निर्माण, जिल्लामा आन्तरिक विमानस्थल निर्माण, नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणलगायतका १३ योजना छन् । 

जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पोखरेलसँग देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीलाई एक प्यान–१ खोपको माग गरे । उनले दलदले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कोरोनाका कारण व्यवसायी साह्रै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको सापकोटाले बताए  । 

पोखरेलले शनिबार र आइतबार गरी जिल्लाको गैँडाकोट–११ मुकुन्दपुरस्थित कभर्ड हल अवलोकलन, कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पुर्‍याएको क्षतिबारे अवलोकन र नवलपुरको लोकाहा खोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गरेका थिए । 

प्रस्तावित औद्योगिक क्षेत्र अवलोकनका क्रममा मुख्यमन्त्री पोखरेलले जग्गा नापजाँचको काम शुरु भइसकेकाले सङ्घीय सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने बताए । 

त्यस्तै मुख्यमन्त्री पोखरेल देवचुली–५ स्थित झाँक्रेखोलाको बस्ती अवलोकन, गैँडाकोट क्षेत्रमा नारायणी नदीले गरेको कटान अवलोकन तथा गैँडाकोट उद्योग वाणिज्य सङ्घको कार्यक्रममा सहभागी भएका छन् । जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको  मुख्यमन्त्री पोखरेल आजै पोखरा फर्किने जनाइएको छ । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies