Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कामै नगरी १० लाख भुक्तानी

\"jajarkot_district\"१४ साउन, जाजरकोट । जिल्ला विकास समिति जाजरकोटले काम नगरी १० लाख भुक्तानी गरेको रहस्य खुलेको छ । आर्थिक केन्द्र जोड्ने गाविस पहुँच मार्ग शीर्षकको १० लाख कामै नगरी भुक्तानी गरिएको हो । आर्थिक वर्षको अन्त्यमा काम नगरी जिविस कार्यालय र केही व्यक्तिको मिलेमतोमा रकम भुक्तानी भएको छ । पाँचकाटिया — ढिमे पैंक सडकको अरु दुई शीर्षकको बजेटबाट काममा भएका योजनाको नाममा रकम भुक्तानी गरिएको रहस्य खुलासा भएको छ । ढिमे पैंक ब्याउली ढुङ्गा सडक निर्माण उपभोक्ता समिति र  सडक डिभिजन कार्यालय चौरजहारीमार्फत प्रकृति निर्माण सेवा जाजरकोटले खनेको सडक मूल्यांकन गरेर १० लाख भुक्तानी भएको छ । उपभोक्ता समितिले खनेको ४ सय मिटर  डिभिजन कार्यालय चौरजहारीमार्फत खनेको ६ सय मिटर गरी एक किलो मिटरकोे मूल्यांकन गरिएको जिल्ला प्राविधिक कार्यालय प्राविधिक कर्णबहादुर सिंहले बताए । कार्यालय प्रमुख इन्जिनिएर जयराम श्रेष्ठले निर्देशन दिएपछि आफूले मुल्यांकन गरेका सिंहले बताए । अरुले नापेर ल्याएको आधारमा आफूले मूल्यांकन गरेको सिंहको भनाई छ ।  इन्जिनिएर श्रेष्ठले भने नाप्ने प्राविधिकले के गरेका हुन् आफूलाई थाहा नभएको बताए । उक्त रकम  ढिमे पैंक ब्याउली ढुङ्ग सडक निर्माण उपभोक्ता समिति खातामा हालेर भुक्तानी दिइएको छ । स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल इन्जिनिएर श्रेष्ठको संलग्नतामा १० लाख रकम दुरुपयोग गरिएको छ । उपभोक्ता समितिका सचिव धनबहादुर सिंहसहित अन्य दुई जनाको कार्यालयसंगको मिलेमतोमा काम नै नगरी रकम सकिएको छ  । १० लाख रकम कार्यलय र  अन्य तीन जनाले भागबण्डा लगाएको उपभोक्ता समितिका एक सदस्यले बताए ।  कार्यालयमा १ लाख ९२ हजार बुझाएको भन्दै अरु रकम  सचिव सिंहसहित तीन जनाले बाँडेको उनले बताए । यो रकम समितिको नाममा मात्र आएको हो काम नगरेका कारण तिमीहरुको लाग्दैन भनेर समितिका अन्य सदस्यलाई २८ हजार खर्च भनेर दिइएको हो उनले भने । यता प्रकृति निर्माण सेवाका प्रो पाइटर बुद्धीबहादुर खत्रीले भने आफुले गरेको कामको मूल्यांकन किन जिविसले गर्यो कसरी अरुलाई भुक्तानी गर्यो चकित छु । मैले खनेको ६ सय मिटर सडक नापियो यस्तो नक्कली काम जिविसले गर्न थालेपछि कसको के लाग्छ र खत्रीले प्रश्न गरे । आफुले सडक डिभिजन कार्यालय मार्फतको काम गर्ने क्रम जारी रहेको खत्रीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending