Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

सरकारको साझा कार्यक्रम: नि:शुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । 

सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी ऊर्जा क्षेत्रको विकासलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउने विषयलाई महत्वका साथ समेटिएको छ । त्यसका लागि आन्तरिक लगानीबाटै मझौला, ठूला तथा जलाशयुक्त आयोजना निर्माण गर्ने र निर्यातमूलक आयोजनामा विदेशी लगानी आकर्षित गरिनेछ । 

मुलुकको ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजना नै उत्तम र अपरिहार्य विकल्प भएको निष्कर्षमा सरकार पुगेको छ । नीतिअनुसार काम भएको खण्डमा  प्रदेश नं २ बाहेक हरेक प्रदेशमा एक/एक वटा जलाशयुक्त आयोजना निर्माणको प्रक्रिया शुरु हुने छ । निर्माणमा जान ठिक्क परेका बुढीगण्डकीजस्ता आयोजना शुरु हुनेछन् । 

मझौला आयोजना स्वदेशी लगानीमा निर्माण हुन सक्ने अवस्था भए पनि ठूला आयोजनाका लागि विदेशी लगानीकर्ता नै खोज्नुपर्ने वाध्यता छ । मुलुकको अर्थतन्त्रको आकार तथा अन्य प्राविधिकलगायत कारणले पनि विदेशी लगानीकर्ता ठूला आयोजनाका लागि आवश्यक रहेको जानकार बताउँछन् । 

माथिल्लो तामाकोशीको सफल कार्यान्वयनपछि कूल ९०० मेगावाटसम्मका आयोजना अब स्वदेशी लगानीमा निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास प्राप्त भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । गठबन्धन सरकारको नीति तथा कार्यक्रममा विद्युत् उत्पादन र वितरण प्रणालीबीच तादात्म्यता कायम गर्ने गरी पूर्वाधार विकास गर्ने विषय समेटिएको छ ।

बिजुली उत्पादन भएर मात्रै नहुने भएकाले प्रसारण तथा वितरण प्रणालीको विकासलाई पनि सोही आधारमा समानान्तर रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भएअनुसार यस्तो नीति तय गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीको अभावमा अहिले पनि औद्योगिक करिडोरमा उद्योगीले मागे अनुसारको बिजुली उपलब्ध गराउन सकिएको छैन । प्राधिकरणमा झण्डै ५०० मेगावाट थप बिजुली माग भएको अवस्था छ । 

उत्पादित बिजुली खेर जाला कि भन्ने चिन्ता छ । यही चिन्तालाई सम्बोधन गर्न सरकारले उद्योगधन्दा, कलकारखाना, यातायातको विकास गर्ने भएको छ । औद्योगिक करिडोरमा प्रसारण लाइनको निर्माण, भएकाको क्षमता वृद्धि तथा विस्तार गरिनेछ । 

यस्तै, गरिब तथा विपन्नलाई २० युनिटसम्म बिजुली नि:शुल्क दिने विषय  संयुक्त कार्यक्रममा समेटिएको छ । प्राधिकरणका अनुसार करिब २० लाख ग्राहक यो सुविधाबाट लाभान्वित हुनेछन् । नेपालको संविधानले प्रत्याभूत गरेको समाजवादको आधारस्तम्भ खडा गर्ने लक्ष्यका साथ यो कार्यक्रम अगाडि सारिएको ऊर्जा मन्त्रालयको भनाइ छ । गरिब, विपन्नलाई राज्यले सेवा दिनुपर्छ भन्ने मान्यताका साथ यो प्रावधान राखिएको हो । प्राधिकरणलाई यो सुविधा दिएवापत झण्डै रु एक अर्ब बराबरको स्रोतको चाप पर्नेदेखिन्छ । 

प्राधिकरणलाई चाप पर्ने भए पनि लोककल्याणकारी राज्यको मान्यताअनुसार विपन्नलाई ऊर्जाको पहुँच पुर्‍याउन यो कार्यक्रम राखिएको हो । कूल ऊर्जा खपतमा नेपालको स्थान असाध्यै न्यून रहेको सन्दर्भमा आन्तरिक खपत बढाउने सरकारको लक्ष्य छ । 

कर्णालीको जुम्ला र कालीकोटमा हालै मात्र केन्द्रीय विद्युत् प्रणाली जोडिएको छ । कर्णालीका अन्य जिल्लामा पनि चाँडै बिजुली पुर्‍याउने सरकारको योजना छ । यस्तै, केन्द्रीय प्रणाली पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाका स्रोतको प्रयोग गरी उज्यालो नेपाल बनाइनेछ । सरकारको योजनाअनुसार दुई वर्षभित्र सबै नेपालीलाई बिजुली उपलब्ध गराउने लक्ष्य राखेको छ । 

विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने लक्ष्य पनि यसैसँग जोडिएर आएको छ । छिमेकी देश भारत र चीनमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको सन्दर्भमा नेपालले चार्जिङ स्टेशनको स्थापना, महसुलमा समयानुकूल परिवर्तन गर्ने लक्ष्य राखेको छ । आन्तरिक खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोग तथा विद्युतीय चुल्होको प्रयोग अर्को विकल्प हुने सरकारको बुझाइ छ । 

आन्तरिक खपतभन्दा अधिक रहेको विद्युत् निर्यातका लागि छिमेकी मुलुकसँग द्विपक्षीय र बहुपक्षीय सम्वाद अगाडि बढाउने र उच्च क्षमताको विद्युत् प्रसारण लाइन जडान गर्ने विषय संयुक्त कार्यक्रममा समेटिएका छन् । नदी स्थान्तरण तथा भूमिगत र लिफ्ट सिँचाइको माध्यमबाट तराई मधेशलगायत क्षेत्रमा सिँचाइ सुविधा पुग्न नसकेका खेतीयोग्य भूमिमा दिगो सिँचाइ पुर्‍याइनेछ । नदी कटान क्षेत्रलाई तटबन्धन गरी नदी उकास भूभागलाई व्यवस्थित रूपमा प्रयोगमा ल्याइनेछ । 

संयुक्त सरकारले राष्ट्रिय हितमा जलस्रोतको द्विपक्षीय र बहुपक्षीय रूपमा उपयोग गर्ने र जलस्रोत नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने विषय समावेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा आज गठबन्धन सरकारको साझा कार्यक्रम सार्वजनिक गरिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायकनै गगन हो, उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लग...

'मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद' भन्दै विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम: विपद् व्यवस्थापनदेखि खानेपानी र सहरी योजनामा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...

असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...

रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending