Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लिदी पहिरो आएकोे एक वर्षपछि नेपाली सेनाको सहयोगमा पीडित लाई अस्थायी आवास हस्तान्तरण

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।  पहिरो आएकोे एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएका छन्  । लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुशी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ । 

पहिरोले श्रीमान्, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो  घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टीको काम गरेको छ । जुगल गाउँपालिका–२ गोल्चेको लिदीमा २०७७ साउन ३० गते बिहान ६:३० बजे खसेको पहिरोमा घरबास गुमाएका ३१ परिवारलाई एक वर्षपछि अस्थायी आवासमा सारिएको हो ।

अस्थायी आवासका लागि गाउँपालिकाले आह्वान गरेको बोलपत्र (टेण्डर)मा निर्माण व्यवसायीले रुचि नदेखाएकाले नेपाली सेनाको सहयोगमा एक महिनामै फलाम गाडेर जस्ताको टहरोमा पीडितलाई गत आइतबार हस्तान्तरण गरिएको हो । पहिरो पीडित एक वर्षसम्म पालमै जीवन बिताउन बाध्य हुनाका साथै अनेकौँ हण्डर  पनि खपे । गत वैशाख महिनामा आएको हावाहुरीले त पाल नै उडाएर लगेको थियो ।

चौतारास्थित गोरख बक्स गणका गणपति निर्मल श्रेष्ठ बारामा हावाहुरी पीडित ६०० परिवारलाई २६ नंं बाहिनी, गोरखबक्स र कालीसिद्धि गणका सेनाको सक्रियतामा आफूहरूले अस्थायी आवास बनाएर हस्तान्तरण गरेको सुनाए । यस्तै कामको निरन्तरतास्वरुप यहाँ पनि ३१ घर पहिरो पीडितलाई नमूनाका रुपमा अस्थायी आवास बनाएर हस्तान्तरण गरिएको उनले बताए । भवन हस्तान्तरण गर्दै २६ नं बाहिनी भकुण्डबँेसीका बाहिनीपति विष्णु राउत हेलम्बु र मेलम्चीका बाढी पीडितका लागि पनि सेनाले अस्थायी आवास निर्माणलगायतमा सहयोग गरिरहेको छ भने।

लिदीमा डाँडो नै पहिरोले बगाएकाले पूर्णरुपमा घरबास गुमाएका पीडितलाई  सोही गाउँपालिकाको वडा नं १ स्थित सेलाङको बाँसखर्कस्थित  सामुदायिक वन नजिक सारिएको थियो । पुरानो बस्तीबाट १० घण्टा परको सार्वजनिकस्थलमा बस्न बाध्य ३१ परिवार दाताले दिने राहतको भरमा जीवन यापन गर्दै आएका छन् । 
 
एक वर्षअघिको पहिराले लिदीका २०९ घर विस्थापित भएको तथ्याङ्क गाउँपालिकासँग छ । अरु पीडित भने गाउँकै सुरक्षित स्थानमा बसेका छन् । पहिरोमा २९ घर पूर्णरुपमा क्षति भएका थिए । पाँच घर भने आंशिक क्षतिमा परेको थियो । पहिराले २२९ मुरी धान चामल, ४५१ मुरी कोदो, २८५ मुरी आलु, १९९ गाई, भैँसीलगायत चौपाया, ३२७ हाँस कुखुरा क्षति गरेको तथ्याङ्क सर्वेक्षणका क्रममा सङ्कलन गरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी आश्रयस्थल निर्माण गर्ने निर्णय गरेर बोलपत्र आह्वान गरेकामा ठेकेदारले चासो नदेखाएपछि  गत  जेठ ३१ गते नेपाली सेनालाई अनुरोध गरेको थियो । सेनाले  जनशक्तिबाहेक रु ७८ लाख २८ हजार ७५३ को लागतमा निर्माण गरेको आश्रयस्थलका लागि विभिन्न सङ्घसंस्था तथा दाताबाट रु २० लाख २६ हजार ६८६ सहयोग प्राप्त भएको र गाउँपालिकाले रु ५८ लाख दुई हजार ४९ प्रकोप व्यवस्थापन कोषबाट खर्च गरेको थियोे । प्रतिघर लागत दुई लाख ५२ हजार ५३९ परेको छ ।

पीडितका लागि ३१ आश्रयस्थल, सात शौचालय, एक सामुदायिक स्वास्थ्य एकाइ भवन, दुई स्नानगृह भवन र एक चमेनागृह एक महिनामै निर्माण भएको हो । सो कार्यका लागि गाउँपालिकालगायत अन्य सहयोगी संस्थाको आर्थिक, प्राविधिक एव निर्माण सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेल विपद्मा अस्थायी आवास निर्माणको यो नमूना हालै बाढी, पहिरोले धेरै क्षति गरेको जिल्लाको हेलम्बु र मेलम्चीलगायत स्थानमा पनि उपयोग गरिने बताए ।

लिदीका पीडित स्थायी बासस्थानमा सरेपछि अस्थायी आवास अन्य पीडितलाई  उपयोगमा ल्याउने गरी संरक्षण गरिने जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकसमेत रहेका उनको  भनाइ छ । सामुदायिक वनको यही जग्गामा पीडितलाई स्थायी आवास बनाएर राख्न नसकिने भएकाले अन्यत्र स्थान खोजी गर्न समितिले सुझाउँदै आएको छ ।

पीडितको इच्छा चौतारामा बस्ने

लिदी पहिरोपछि गरिएको सर्वेक्षणमा ५४ प्रतिशतले सुरक्षित स्थान चौतारामा बस्न चाहेका थिए भने १५ प्रतिशतले चितवन सर्न चाहेका थिए । बाँसखर्कमै बस्न चाहने र चनौटेमा सर्न चाहने पनि १०/१० प्रतिशत नै थियो ।  पीडितका लागि स्थायी आवास निर्माण गर्न विपद् जोखिम तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम प्राधिकरणको कार्यकारी समितिले लाभग्राही पहिचान तथा अनुदान सम्झौता कार्यविधि स्वीकृत गरेको छ ।  

कार्यविधिअनुसार आजैदेखि स्थायी आवास निर्माणका लागि प्रक्रिया शुरु गरिने भएकाले कहाँ बस्ने निश्चित गर्न पहिरो पीडितलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ सुनाए  । पहिराले घरजग्गा सबैमा क्षति पुगेका लाभग्राहीलाई घडेरी किन्न रु तीन लाख थप अनुदान दिइने भएको छ । पहिरो पीडितले सामूहिकरुपमा एकीकृत बस्ती विकास गर्न चाहेमा पूर्वाधारको व्यवस्था गर्न सहज हुने भएकाले त्यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गरेका छन् । स्थायी बास कहाँ बनाउने भन्ने निर्णय पीडित आफैँले गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लिदीका २०९ सहित २५७ विपद् प्रभावित परिवारसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माणका लागि सम्झौता गरेको छ । प्राधिकरणको आवास पुन:निर्माण/पुन:स्थापना/प्रबलीकरण कार्यक्रमअन्तर्गत काम शुरु गर्न लागिएको हो । लिदी पहिरो पीडित सरोकार समितिका अध्यक्ष नेमाछिरि दोङ अब स्थायी आवास निर्माण र जीविकोपार्जनमै ध्यान दिन सरोकार निकायलाई अनुरोध गरिएको सुनाए । 

पहिलो चरणमा पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासमा राखिएको छ । आंशिक क्षति भएकालाई दोस्रो चरणमा काम गर्न लागिएको गाउँपालिकाको वडा नं २ का अध्यक्ष प्रताप लामाले सुनाए । अबको चरणमा जीविकोपार्जन  गर्नेलाई पनि प्राथमिकता दिने तयारी गरिएको जनाइएको छ । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies