कर्णाली । कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ ।
निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लामा नेपालगञ्जस्थित क्षेत्रीय मेडिकल स्टोरबाट हवाइजहाज तथा बाँकी जिल्लामा स्थलमार्ग बाटै ढुवानीको व्यवस्था मिलाइएको छ । “कर्णालीका धेरैजसो जिल्लामा खोप भण्डारणको समस्या छ, जसले गर्दा आवश्यक खोप एकैपटक पठाउन सकिएको छैन”, निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले भने, “भएका कोल्ड स्टोरमा पनि सबै खोप अट्न सक्ने क्षमता छैन ।” उनले सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा निर्देशनालयकै रेफ्रिजरेटर भ्यानले खोप ढुवानी गर्ने गरिएको बताए ।
पाँचाँै चरणको खोप अभियानअन्तर्गत हाल कर्णालीका सबै जिल्लामा भेरोसेल र जेन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको छ । ती क्षेत्रमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।
कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन् । सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जेन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ । नियमित खोप कार्यक्रमका कारण कतिपय जिल्लामा कोरोना विरुद्धको खोप लगाउन ढिलाइ भएको निर्देशनालयको भनाई छ ।
साढे दुई लाख बढीले खोप लगाए
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ । पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ । विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए । ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: