सिन्धुपाल्चोक । बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन् । अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।
बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट हेलम्बु जान तत्काल दुईवटा वैकल्पिक मार्ग रहेका छन् । काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार छ ।
सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका बस वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म सञ्चालन हुने तयारी गरिएको छ । आजबाट बस बिहान ६ ,९ बजे र १२ बजे काठमाडौँबाट छुट्ने कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले जानकारी दिए । बाटोको अवस्था राम्रो भएमा अझ बस थपिने उनले जानकारी दिए । त्यस्तै सोमबारबाट इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको उनले बताए ।
पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाडौँ जाने वैकल्पिक बाटो सफा गर्न सुरु गरिएको छ । साउन १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । यहाँबाट चौतारा हुँदै काठमाडौँ पुग्न सकिने छ ।
पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो निमार्ण गर्न लागिपरेको छ । नगरपालिकाका इञ्जीनियर जीतबहादुर कार्कीका अनुसार तत्काल फटकशिलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो ।
यस्तै वैकल्पिकरूपमा रहेको किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेकामा आजबाट सफा गरी यात्रुबस सञ्चालन तयारी गरिएको मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । सो सडक सञ्चालन हुँदा हेलम्बु–१, २, ३ मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पालका १ र २ वडाका बासिन्दा लाभान्वित हुनेछन् ।
उक्त सडकहरु सञ्चालन हुँदा पनि विभिन्न वडाका बस्ती सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् । यसका लागि हेलम्बुबाट मेलम्चीका विभिन्न पुल र सडक, मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोडने नवलपुर जाने र फट्टेको पक्की पुल सडक निर्माण जरुरी छ । सरकारले चनौटे र मेलम्चीको एक ठाउँमा यथाशीघ्र बेलीब्रिज हाल्ने जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: