Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यस्ता छन् लुम्बिनीमा तीन वर्ष पाँच महिना २५ दिनमा पोखरेल नेतृत्वको सरकारले गरेका कामको विवरण

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो तीन वर्ष पाँच महिना २५ दिनको कार्यकालमा व्यक्तिगत र संस्थागतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सम्वन्धमा महत्वपूर्ण काम भएको दावी गरेका छन् ।

०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रको सहयोगमा दुई तिहाइ मत सहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल बुधबार पदबाट राजिनामा दिएका थिए ।

उनले नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको सरकारलाई शुभकामना दिदै आफ्नो नेतृत्वको सरकारलाई सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्। केन्द्रमा नेकपा विभाजन भएसंगै त्यसको प्रभाव प्रदेशमा समेत देखिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसला बमोजिम एमाले र माओवादी केन्द्र साविकरुपमा ब्यूँतिएपछि ओली पक्षले एकले एक पछि अर्को गर्दै धक्का व्यहोर्दै गएको छ । यस अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिइसकेका छन् । अब एमालेको नेतृत्वमा वागमती र प्रदेश १ मा मात्र नेतृत्व रहेको छ भने आन्तरिक विवादकै कारण एमाले नेतृत्वको संघीय सरकार ढलिसकेको छ ।

एमालेभित्र बौद्धिक र संघीय सरकारका प्रधानमन्त्रीको बलियो दावेदार मानिएका पोखरेल आलोचित र बदनामी कमाएर बर्हिगमन हुन पुगेका छन् । 


यस्ता छन् पोखरेल नेतृत्वको सरकारले गरेका कामका विवरण :

१ प्रदेश स्थापना हुदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको   प्रकाशन
२ कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण
३ प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षिय योजना निर्माण
४ कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता
५ आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी
६ प्रदेशको नाम लुम्विनी र स्थायि राजधानी राप्ती उपत्यका९देउखुरी० दाङ्मा तोक्ने ऐतिहासिक निर्णय
७ कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण
८ सामाजिक र मानविय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी
९ दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी
१० लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी
११ ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका
१२ विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र वाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय
१३ स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम
१४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना
१५ आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्विनीवासीको भावना निर्माण
१६ सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता
१७ रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण
१८ प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण
२० प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन
२१ एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल
२२ सिचाई, खानेपानी, तटवन्ध र सडकपुलमा सतप्रतिसतभन्दा वढि बजेटखर्च गर्ने क्षमताको विकास
२३ तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल
२४ केन्द्र र स्थानिय तहसंगको राम्रो समन्वय र सहकार्य
२५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल
२६ आगामी वर्ष झण्डै ८०वटा पुल निर्माण हुने अवस्थाको निर्माण
२७ केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा वढि बजेट परिचालन गर्न सफल
२८ केन्द्रका ठुला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण
२९ लुम्विनी प्रदेशको दिर्घकालिन योजनाको आधार तयार
३० ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१ तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार
३२ प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ
३३ दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण 
३४ प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको
३५ सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी
३६ प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी ।
३७ पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको 
३८ पालिकाहरुमा खेलपुर्वधारको विकास र वहुद्देश्यिय भवनको निर्माण
३९ विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि
४० मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था
४१ प्रदेशमा अवस्थित विश्वविद्यालयसंग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।
४२ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिवी निवारणमा महत्वपूर्ण योगदान
४३ राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना
४४ जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि
४५ सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending