झापा । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।
बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए । “कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उनले भने, “उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।”
बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दु:ख लागेको राईले बताए । राजनीतिक दलका नेता र मजदुर युनियनका नेताहरुसँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उनले सुनाए ।
बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ शय्याको सरकारी अस्पतालदेखि ९०० शय्याको प्रस्तावित मेडिकल कलेज बिएण्डसी अस्पतालसमेत रहेको छ ।
बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएण्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वी पहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् ।
“राज्यले एम्बुलेन्स चालकलाई कोभिडविरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ”, खोप लगाउन नपाउनु भएका चालक राईले भने, “हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: