Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

२० वर्षीय एकल महिला सपनाको सङ्घर्ष

रासस

सप्तरी ।  सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ । सोह्र वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् ।

फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो । श्रीमान्को मृत्यु हुँदा उनी १८ वर्षकी थिइन्, काखमा थिइन् छ महिनाकी छोरी राधिका ।

श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै  कुट्नसमेत थालिन् । दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमान्को मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले । दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके । एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन्  ।

काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो । सबै यातना सहे पनि दुधे शिशुप्रति रुखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै  आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन ।  आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ  । 

विवाह पछि छुटेको पढाइलाई पुन: निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन  मानेका छैनन् । विवाह भइसकेकाले स्व श्रीमान्कै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ ।  विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि  ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमान्को हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो । 

“छोरी सानै छ ।  एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र  रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु”, गुनासो गर्दै सपनाले भनिन् “थाहै नपाएर कलिलै उमेरमा बिहे भयो । बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुपर्‍यो । अब कसरी बाँच्ने ।”

आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ । ढिलै भए  पनि  पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै  सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कमसमेत गर्दै आएकी छिन् । सपनाले भनिन्, “म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु  तर नागरिकता छैन के गरुँ रु” कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष लिएकी उनले भनिन्, “योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ । श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन् । ”

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् “नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह  भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु,  अनिमात्र विवाहको कुरा अघि बढाउँछु।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies