Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
 
राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् । 

सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि उसले हासिल गरेको रुपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण हार्दिक सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैगरी, प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गरेका छन् ।

सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवम् विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलले एमबीबीएसमा नाम निकाल्दिन्छु भन्दै ३८ लाख ८० हजार ठगी गरेको खुलासा

ठगीमा संलग्न पोखरेललाई गएको निर्वाचनमा एमालेले गरेको थियो उम्मेदवार सिफारिस

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । मुगुमा भूकम्प गएको छ।  आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरि...

गाउँभरि केराखेती, तर बजार छैन

म्याग्दी । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका- २ खबरा गाउँभरि केराखेती गरिएको छ। तर उत्पादन भएको केराले बजार पाएको छैन।  हिउँदयाम...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको टुंगो लगाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ ।  आज बस्ने बैठकमा मु...

वीरगञ्जबाट धान चामल आयात बढ्यो

पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २...

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

बझाङ । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रह...

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीम...

लन्चमा मिल्दै, नेतृत्वमा भिड्दै नेतापुत्रत्रय

काठमाडौं । विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महा...

लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गर्ने गौतम पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेम...

बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बझाङ । जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy