Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोनाको तेस्रो लहर रोकथामका लागि के–के पूर्वतयारी थालियो ?

खबरडबली संवाददाता

कञ्चनपुर । कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र  स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । “सीमा नाका भएर आउने व्यक्तिलाई  हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ”, उनले भने, “स्थानीय तह र अन्य सङ्घसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।”
 
त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो । “महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० श्यया थप्न लागिएको छ, यो  दुई महिनाभित्र तयार हुन्छ”, प्रजिअ पाण्डेयले भने, “अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरु भइसकेको छ ।”  

खोप जारी 

जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म योे खोप ३५ प्रतिशतले लगाइसकेका छन् । पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन् । “भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौँ”, उनले भने । हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन्  ।

‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ । स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ । खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ । 

सक्रिय बिरामी   

जिल्लामा  सक्रिय सङ्क्रमित १२५ छन् । सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेशन र तीनको  आइसोलेशनमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ । वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन हजार ६०६ सङ्क्रमणमुक्त भएका छन् ।

यसैगरी ३० हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४६९ को नतिजा पोजेटिभ आएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ । 

मास्क अभियान 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ । कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ । 
 
विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र नि:शुल्क रुपमा मास्क वितरण अगाडि बढाइएको छ । आफू पनि बचांँै र अरुलाई पनि बचाआंैँ भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।  

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies