वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा आज छापा मारेको छ ।
अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ ।
अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए । उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद गुजरीएको विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
सो फार्मेसीका लागि भएका औषधि खरिद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरु अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ । उनले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौंडा लैजाने तयारी गरेको पनि बताए ।
यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए । फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले रु १० लाख उपलब्ध गराएको उनको भनाइ छ ।
नेपाल सरकारले प्रदान गरेको रु २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा विसं २०७४ मा फार्मेसी स्थापना भएको थियो । सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: