Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता, सिरहामा भदौ मसान्तसम्म निषेधाज्ञा थप

रासस

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।

जिप्रका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्य, बैंक तथा वित्तीय संस्थालाई निर्वाध सञ्चालन गर्न सकिनेछ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ देखि बेलुका ७ बजेसम्म, खाद्यान्न पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नुपर्ने, विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।

सिरहामा भदौ मसान्तसम्म निषेधाज्ञा

लहान– सिरहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उनले बताए । यद्यपि हाटबजार लगाउन पाइने छैन । सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending