Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

‘अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नु’

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उनले सरकारलाई उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन दिएका हुन् । छलफलमा सचिव पौडेल र विभागका महानिर्देशक  दवाडीले सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत केही नेपालीको उद्धार भई सुरक्षित स्थानमा पुर्याइ सकिएको र बाँकीलाई सुरक्षितरुपमा नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए । 

आयोगले अफगानिस्तानमा रहेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षितरुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण  गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपालीको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “विशेष गरी श्रम स्वीकृति नलिई अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली जोखिममा परेका र बेरोजगार अवस्थामा रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगलाई प्राप्त भएको छ ।” हाल अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको र अन्य मुलुक हुँदै पनि नेपाली अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको यकिन तथ्याङ्क सरकारसँग नभएको पाइएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending