Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सभामुखमाथि यस्तो छ एमालेको आरोप

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्‍नि सपाकोटाले निष्‍पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । उनीहरुले सभामुख निष्‍पक्ष नभइ पार्टी फुटाउन उद्धत रहेको आराेप लगाएका छन् । एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन निरन्तर दवाव दिए पनि त्यसमा सभामुख रमिते बनेको र उल्टै एमाले फुटाउन लागि परेको आरोप एमालेको छ । 

यसअघि सरिता गिरीको २४ घण्टा भित्र नै छिनोफानो र टोपबहादुर रायमाझी लगायतको ४८ घण्टा भित्र टुंग्याएका सभामुखले अहिले किन यति समय लिएको भन्दै यसमा एमालेले आफ्नो शक्ति प्रदर्शन गर्ने समेत उल्लेख गर्दै सचिवालयलाई संकेत दिएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेको हकमा निर्वाचन आयोगले पार्टी फुटाईसकेपछि मात्रै निर्णय लिन्छु भनेजसरी बस्नु भएको छ । त्यसरी बस्न उहाँलाई कानुन त मिल्दैन । पार्टी सिफारिस गरेपछि उहाँले त्यो बारबाही नगरी हुँदै हुँदैन । छनौट गर्ने अधिकार पनि छैन ।’ 

सचेतक भट्टराईले थप अघि भने, 'यतिबेला उहाँको शैली हेर्दा असहज देखिन्छ तर पनि हामी महाअभियोग लगाउने तर्फ छैनौँ । यो विषयमा उहाँ अघि नबढे संसद् चल्‍न भने दिने छैनौँँ । तर, अहिले नै महाअभियोगको बारेमा सोचेका छैनौ । उहाँले १४ जनालाई पदमुक्त गरिएको सूचना टाँस गर्नु पर्ने हुन्छ । त्यस्तो सूचना टास भएन भने हामी उहाँका विरुद्ध गतिविधि गर्नेछौ । त्यसमा बाध्य नपार्न सुझाउँछु ।’

सभामुखको दलप्रति गर्ने व्यवहार ठीक भएन भन्दै उनले भने,’ ‘कानुनमा दलको निर्णय बमोजिम सांसद् पद मुक्तिको निर्णय गर्नुपर्नेछ भनि उल्लेख भएकाले त्यसबाट भाग्‍न मिल्दैन । गर्ने वा नगर्ने छनौट नै छैन । उहाँले जसरी विलम्ब गर्दै हुनुहुन्छ त्यो हामीविरुद्धको षडयन्त्र हो । एमाले फुटाउने उहाँको  उद्देश्य हो । यो प्रकारको भूमिका सभामुखलाई सुहाउँने कुरै होइन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending