काठमाडौँ- अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडकोे रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणलाई आज उहाँकै कार्यकक्षमा भेटेर समाजका सभापति गोविन्द खनाल नेतृत्वको प्रतिनिधिमण्डलले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुशल नेपाल फिर्तीका लागि अन्य मुलुकहरुसँग समन्वय र सहकार्य गर्न तथा कोभिडको महामारीबाट जोगाउन सबै नेपाली नागरिकलाई यथाशक्य चाँडो खोपको व्यवस्था गर्न अनुरोध गरेको हो ।
साथै प्रमण्डलले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण एवं भण्डारणलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि शीघ्र अनुमोदनका निम्ति आग्रह गरेको छ ।
प्रतिनिधिमण्डले गृहमन्त्रीसमक्ष १० बुँदे ध्यानाकर्षणपत्र प्रस्तुत गर्दै लागू औषध÷मदिरा दुव्र्यसन रोकथामविरुद्ध राष्ट्रिय अभियान सञ्चालन, सन् १९९७ मा जारी भएको मानवविरुद्ध लक्षित बारुदी सुरुङको प्रयोग, भण्डारण, उत्पादन तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदन गर्न ध्यान आकर्षित गरेको छ ।
यसैगरी जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय संरक्षण अभियानलाई राज्यको उच्च प्राथमिकतामा पार्नुपर्ने र चुरेको चरम दोहनले मरुभूमिकरणको जोखिम बढाएकाले चुरे संरक्षणतर्फ विशेष ध्यान दिन पनि अनुरोध गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: