Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

अब प्रदेशमै राजपत्र छापिने

रासस

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए।

उहाँले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताए। प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ । मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री जोशीले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने विश्वास व्यक्त गरे ।

अब प्रदेशमै मेसिन आइसकेकाले प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने उहाँको भनाइ छ । मुद्रण मेसिन रु २७ लाख ८० हजारमा खरिद गरिएको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...

झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता

दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...

छ महिनामा बाँकेको एक पालिकामा ५२ क्षयरोगी फेला

नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...

हुम्लामा चुनाव: छ जना पुरुषसँग एक्ली महिला उम्मेदवार टासी लाम्जोङ

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...

सुनको मूल्य १८ हजार ८ सयले घट्यो, चाँदीको मुल्य पनि ह्वात्तै घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...

नारायणघाट–बुटवल सडक: पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE