Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

छ वर्षमा हुलाकी राजमार्ग ३२ किमी कालोपत्र

रासस

कञ्चनपुर । कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ । राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ । 

पहिलो खण्डमा डोकेबजारदेखि बुटावारी सम्मको २० किमी लागि रु ३८ करोडमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमी सडक निर्माणका लागि रु ४१ करोड र तेस्रो खण्डको २२ किमी सडकका लागि रु ४० करोडमा ठेक्का सम्झौता भएको छ । 

बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । “विसं २०७३ मा राजमार्ग निर्माणको कार्य शुभारम्भ गरी विसं २०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो” हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुपर्‍यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि कार्य अगाडि बढाउन विलम्ब भएको छ ।”

राजमार्गको शुरुआतकै विन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउनका लागि बारम्बार तोकता गर्दै आए पनि नहटाइदा ३५ दिने सूचना जारी गरिएको उनले बताए । 

बेलौरीको पचुँइमा एक हजार ६०० मिटर राजमार्ग कालापत्रको कार्य भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रको कार्य अगाडि बढने सूचना अधिकारी मडैले बताए  ।
 
“तीन वटै ठेक्काको म्याद सकिएको छ” उनले भने, “पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।”
 
कोभिडलाई मध्यनजर गर्दै म्याद सकिएका निर्माण कम्पनीलाई छ महिना विभागले काम गर्नका लागि म्याद थप गरेपनि त्यो पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणको कार्यले गति लिन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।
 
निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माणको कार्य अगाडि बढाउनका लागि विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारीको भनाइ छ ।
 
राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यस बेला कालोपत्र गर्ने कार्य गुणस्तरयुक्त नहुने भएकाले काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्र गर्ने कार्य शुचारु हुने उनले बताए । 

राजमार्गको कूल चौडाई १२ मिटर छ । यसमा सात मिटर कालोपत्र गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र बाल निर्माण  पूरा गरिएको छ ।
 
सडक कालोपत्रको पूरा नहँुदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीय बासिन्दाको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्र गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवगमनमासमेत अप्ठेरो परेको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा हुलाकी राजमार्ग छ ।  ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरिकरण गरी गरिबी निवारणमा सघाउ पुर्‍याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ । राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाइनै सडकमा परिणत गरी राजमार्गको रुपमा विकसित गरिन लागेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE