Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

अक्सिजन प्लान्ट जडान नहुँदा मृतका संख्या बढ्यो

रासस

कैलाली । टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो । 

अस्पतालमै दैनिक छ/सात जना कोरोना सङ्क्रमितले ज्यान गुमाउन थालेपछि नागरिकस्तरबाट समेत सहयोगको आह्वान गरिएको थियो । त्यसपछि टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो ।

अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौँसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार सप्लायर्सले गत असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । त्यसपछि पनि अस्पतालले थप चार दिनका लागि म्याद थप गर्यो । म्याद सकिएको पनि करिब दुई महिना पुग्नै लाग्दासमेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अक्सिजन प्लान्ट जडान यही भदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिएका थिए ।

उनले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताए । ‘ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन, अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो’, अध्यक्ष रावलले भने, ‘सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो, भदौसम्म काम सकेन भने सप्लायर्सले पैसा पाउँदैन र धरौटीबापतको रु आठ लाख पनि जफत हुन्छ ।’

सङ्घीय सरकारले गत आवमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ । भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रिज जाने भएकाले पनि यही मसान्तसम्म काम हुने अध्यक्ष रावलले विश्वास व्यक्त गरे ।

सप्लायर्सका अमिर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको जनाउँदै भदौभित्र प्लान्ट जडान गरिसक्ने बताउनुभयो । ‘सामान भन्सारमा पुगेको छ, केही दिनमा काठमाडौँ पुगेपछि हामीले सामान छुट्याएर टीकापुरका लागि पठाउँछौँ’, उनले भने, ‘सामान आपूर्तिमा ढिलाइ भएका कारण समय लागेको हो, अब सामान आइसकेको छ, सामान पुगेपछि तीन/चार दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भइहाल्छ ।’ रु ८९ लाख २७ हजारमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending