Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

व्यावसायिक कालिज पालनमा रमाउँदै युवा

रासस

राँझ । बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । खजुरा–४ मा व्यावसायिक कालिजपालन गरेका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताए । 

“एक दिनको चल्ला रु एक हजार ४०० मा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्”, उनले भने, “खानलायक भइसकेको एउटा कालिजलाई रु तीन हजार ५०० पर्दछ ।” अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उनले जानकारी दिए । अहिले उनको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम बिक्री हुने गरेका छन् ।

रु ५० लाखको लगानीमा कालिजपालन सुरु गरेको जानकारी दिँदै उनले दशैँसम्म हजारभन्दा बढी कालिज बिक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताए । “दशैैँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर बिक्री गर्ने योजना छ”, उनले भने, “दशैँभन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।”

बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उनले बताए  । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् ।  कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

बाँकेजस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा भूपेन्द्र ओलीले जानकारी दिउ । उनले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताए  ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ व्यवसायका रूपमा युवा किसान पौडेलले व्यावसायिक कालिजपालन गरेर गाउँपालिकालाई नै चिनाउने काम गरेको सुनाए  । उनले इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने र सम्भव हुने कुरा पौडेलले कालिजपालन गरेर प्रमाणित गरेको जनाउँदै गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy