Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

दुई हजार बढीले भत्ता नवीकरण गरेनन्

रासस

भजनी । कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन गर्‍यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वार्षिक नवीकरण गर्नुपर्ने र वडा कार्यालयमा धेरै भीडभाड हुने भएकाले शिविर सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कमा शिविरबाट दुई हजारभन्दा बढीले आफ्नो भत्ता नवीकरण नगरेको पाइएको छ ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कअनुसार अझै पनि दुई हजार १७६ व्यक्तिको भत्ता विवरण अद्यावधिक गर्न बाँकी छ । त्यसमा पनि वडा नं १ मा सबैभन्दा बढी छन् । अझै १ नं वडामा ८८३ ले भत्ता विवरण अद्यावधिक गराएका छैनन् । त्यस्तै वडा नं २ मा ३११, वडा नं ३ मा ९९, वडा नं ४ मा ७३, वडा नं ५ मा १८८, वडा नं ६ मा १३४, वडा नं ७ मा ११०, वडा नं ८ मा २८४ र वडा नं ९ मा ३१ जनाले आफ्नो भत्ता नवीकरण गराएका छैनन् ।

नगरपालिका पञ्जीकरण उपशाखा एमआइएस अपरेटर कुष्माखर जैशीले भत्ता नवीकरण म्याद भदौ मसान्तसम्म रहेकाले लाभग्राहीको सहजीकरणका लागि गाउँगाउँमा शिविर सञ्चालन गर्दा पनि लाभग्राही नआउँदा कतै भोलि कोही छुट भएको अवस्थामा समस्या आउने भन्दै पुन: सूचना जारी गरेको बताए । “हामीले लाभग्राहीलाई भदौ मसान्तसम्म वडा कार्यालयमा गएर भत्ता नवीकरण गर्न भनेर सूचना जारी गरेका छौँ, कोही छुट भएमा त्यसको जिम्मेवारी हामी हुने छैनौँ”, जैशीले भने, “भत्ता नवीकरण नभए एक वर्षका लागि राज्यबाट पाउने सुविधा बन्द हुनेछ, एक वर्षसम्म भत्ता नवीकरण गर्न छुटेकाले भत्ता पाउने छैनन् ।”

उनले कतिपयले भत्ता फारम अद्यावधिक गराउने र बैंकमा खाता खोलेर घर जाने गरेका कारण पनि सुविधाबाट बञ्चित हुने गरेको बताए  । “भदौ १८ गतेसम्म हामीले नयाँ लाभग्राहीलाई आफ्नो बैंक खाता नगरपालिकाको पञ्जीकरण उपशखामा टिपाउन पनि आग्रह गरेका छाँै”, उनले भने, “जसले भनेको समयसम्म आफ्नो खाता विवरण उपलब्ध गराउँदैन त्यसले पनि पाएको सुविधाबाट बञ्चित हुनुपर्ने छ ।”

नगरपालिकामा नौ हजार ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसमा ज्येष्ठ नागरिक तीन हजार ९९०, ज्येष्ठ नागरिक दलित ९१५, ज्येष्ठ नागरिक एकल महिला ८५२, विधवा भत्ता लाभग्राही एक हजार ५९५, पूर्ण अपाङ्गता भएका व्यक्ति ९६, अतिअशक्त अपाङ्गता भएका ३७४, दलित बालबालिका एक हजार ११८ र लोपोन्मुख जातिका ९१ लाभग्राही रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखामा तथ्याङ्क छ । सोमा ३३६ जना नयाँ लाभग्राही चालू आर्थिक वर्षमा थपिएका हुन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy