बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
परम्परागत तरिकाले अन्नबाली गर्दै अाएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उहाँ बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित भएका छन् ।
केही वर्ष पहिले खेतमा अरु किसान झैँ खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायत अन्नबाली लगाउने गरेका उनी यसबाट परिवारको खर्च धान्नसमेत मुस्किल भएपछि अहिले बन्दाखेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र बझाङले बन्दाखेतीका लागि धामीलाई १०० पाकेट बन्दा नि:शुल्क वितरण गरेको थियो । धामीको खेतबारीबाट उत्पादित बन्दागोभी नजिकैको होटल र अन्य ठाउँमासमेत बिक्री हुने गरेका छन् ।
“बन्दागोभीबाट वार्षिक करिब दुई लाख कमाई हुन्छ”, उनले भने, “ यसको खेतीबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको छु ।” अब केही दिनमै १०० क्विन्टल बन्दा स्थानीय बजारमा पठाउने तयारीमा आफू रहेको उनको भनाइ छ । “अब यो क्षेत्रमा लागिसकेँ । राम्रै गरौँला भन्ने लागि राखेको छ”, उनले भने, “बजारमा बन्दाको माग बढ्दै गएपछि यसको उत्पादनलाई पनि क्रमश: बढाउँदै लगेको छु ।” कृषि ज्ञान केन्द्रबाट प्रोत्साहन पाएपछि तरकारी खेतीमा उत्साह बढेको उनको भनाइ छ । अरुले तरकारी खेती लगाउन सुरु गर्दा आफूले तरकारी बेच्न शुरु गरेको धामीले बताए ।
तरकारी ढुवानीका साधन नहुँदा र बजार नपाउँदा विगतमा निकै सास्ती खेप्दै आउनुभएका धामीलाई कृषि ज्ञान केन्द्रले ढुवानीको व्यवस्था मिलाइदिएपछि अहिले सजिलो भएको छ । तरकारी खेतीमा लागेका किसानलाई केन्द्रले ढुवानीका लागि सहजता प्रदान गर्न निगालोका डोका खरिद गरेर वितरण गरिएको र बन्दा राखिएको सो डोकालाई ट्र्याक्टरमा राखेर बजारसम्म पुर्याउने व्यवस्था गरेपछि सहजता भएको उनको भनाइ छ ।
केन्द्रका प्रमुख टेकबहादुर विष्टले गाउँमा तरकारी खेतीको विस्तार र यसको ढुवानी तथा बजारीकरणका लागि केन्द्रले सक्दो सहयोग गरिरहेको बताउँदै यहाँबाट उत्पादन भएका बन्दा सङ्कलन गरी अन्य जिल्लामा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “तरकारीको व्यावसायिक उत्पादनका लागि केन्द्रले किसानलाई गुणस्तरीय बीउ नि:शुल्क उपलब्ध गराइने योजना बनाएको छ ।” तरकारी खेतीका लागि यान्त्रिकीकरणमा जोड दिइने बताउँदै उनले आधुनिक ढङ्गले तरकारीखेती गर्नेतर्फ किसानलाई प्रोत्साहन र तालिम प्रदान गरिने बताए । विशेषगरी महिला किसानलाई व्यावसायिक रुपमा तरकारी उत्पादनमा लाग्न प्रोत्साहन दिइने कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
धामीले तरकारी खेतीबाट सहजै आम्दानी गरिरहेको देखेपछि लोभिएर अरु किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । “तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन्” धामीले भने, “आफ्नो खेतमा उत्पादन भएको तरकारी सङ्कलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।” तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा अचेल तरकारी खेतीकै लहर चलेको छ । अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन् ।
“बन्दाखेतीबाट राम्रै आम्दानी भएपछि जागर चलेको छ”, उनले भने, “तरकारी खेतीको आम्दानीबाट घरपरिवार चलेको छ, आजसम्म निराश हुनु परेको छैन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: