Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

महिलामाथि अश्लिल हर्कत गर्ने हरि पराजुली के गर्दैछन् ?

\"Hari-parajuli-2\"१५ साउन, काठमाडौं । धान दिवसको अवसरमा महिलामाथि अश्लिल हर्कत गरेपछि कृषिमन्त्री पदबाट राजीनामा दिएका हरिप्रसाद पराजुली यतिबेला गुमनाम छन् । चौतर्फी आलोचनापछि राजीनामा बुझाएका पराजुली यतिबेला बेकामे मात्रै भएका छैनन् प्रभूको शरणमा पुगेका छन् । राजधानीको मूलपानीमा महिलामाथि करिब ४० सेकेण्ड गरेको व्यवहारले पराजुलीको जीवनको बाटो नै बदलिदियो । बहालवाला कृषिमन्त्री पराजुलीले महिलामाथि अश्लिल हर्कत गरेको आज एक महिना पुगेको छ । एक महिनासम्म उनी घरबाहिर त्यति निस्केका छैनन् । महिलामाथिको अश्लिल हर्कतपछि चौतर्फी आलोचनाको शिकार बनेका पराजुलीले १७ असारमा राजिनामा दिएका थिए । पराजुलीका स्वकीय सचिवालयका कर्मचारीका अनुसार, राजिनामा दिएको भोलिपल्टै पराजुली चितवनतिर हानिए । चितवनको धार गाउँमा पराजुलीको स्थायी घर छ । आलोचना चौघेरा सहन नसकेर उनी एक हप्ता परिवारसँगै बसे । परिवारमा उनकी श्रीमती र एक छोरा छन् । हप्तादिनपछि चितवनबाट पराजुली काठमाडौं फर्किएका थिए । काठमाडौंको अनामनगरमा डेरा थियो । छोरी उनीसँगै बस्दै आएका थिए । ‘अहिले उहाँ किसानको केन्द्रीय कार्यलयमा जानुहुन्छ ।’ नीजि सचिवालयका कर्मचारी हेमचन्द्र खतिवडाले भने, ‘समय परिवेशले यस्तो हुनुपर्यो, यसले राजनीतिक गतिविधिमा खासै असर गरेको छैन ।’ पराजुली किसान महासंघको केन्द्रीय सचिव हुन् । स्वकीय सचिवालयका कर्मचारीका अनुसार, उनी बिहान २–३ घण्टा कृषि सम्बन्धी किताब पढेर समय बिताउने गर्छन् । हरेक बिहान मन्दिर जाने र पुजा गर्ने गर्छन् । ‘उहाँ धार्मिक मान्छे पनि हुन् ।’ खतिवडाले भने, ‘नसोचेको घटनाले झनै धार्मिक बनाएको छ ।’ पराजुलीलाई आएको चौतर्फी दबाबले उनले मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् । पराजुलीको पुरानो ९७४१०४४५५६ को नम्बर अहिले उनी चलाउँदैनन् । खबरडबलीले उनको नयाँ नम्बरमा सम्पर्क गर्दा संक्षिप्त कुराकानीमा उनले भनेका छन्, ‘धर्मकर्ममा लागेको छु , यतिबेला रघुपति राघव राजाराम.... भन्दै मन्दिर जान्छु, घण्टा हल्लाउँछु ।’ पराजुलीसँग गरिएको छोटो कुराकानी यस्तो थियो । के गर्दै हुनुहुन्छ ? –किर्तन गाउँदै छु । के किर्तन गाउनुहुन्छ ? – रघुपति राघव राजाराम, पतित पावन सीताराम । तपाईं त कम्युनिष्ट नेता धर्मकर्म तिर किन ? –मलाई फेसबुके र अनलानेहरुले सिद्ध्याए । शम्भु दंगाल भन्ने आधा पागलले फोटो हालेर सकायो । कहाँ बस्नुहुन्छ ? अनामनगर पुरानै डेरामा छु । दैनिकी कसरी बितिरहेको छ ? – बिहान मन्दिर जाने, घण्टा हल्लाउने गरिरहेको छु । शुद्ध सात्वीक भोजन गर्ने गर्छु । ‘हे प्रभु, मलाई मिडियाका सबै मान्छेदेखि बचाउ भन्दै प्रार्थना गर्छु ।’ यिनी भन्दा ठूलो मान्छे कोही रहेनछन् संसारमा, भन्ने गरेको छु । कहाँ गएर यस्तो किर्तन गर्नुहुन्छ ? चुनदेवी तिर गएर प्रार्थना गर्छु । राजनीतिक गतिविधिमा हुनुहुन्न ? राजनीति गतिविधिमै छु । किसानको कार्यलय बल्खुमा जान्छु । माननीयज्यूहरु काम लिएर आउनुहुन्छ । उहाँहरुको काम गरिदिन्छु । जनताको काम आउँछ, जनताको काम गर्छु ।   आफ्नै व्यवहारले राजनीतिक जीवनकै ठूलो दागको सामना गरिरहेका पराजुलीबारे स्वकीय सचिवालयका कर्मचारीको छुट्टै गुनासो छ । स्वकीय सचिवको गुनासो यस्तो छ : पराजुलीको स्वकीय सचिव हेमचन्द्र खतिवडा मिडियाले पराजुलीलाई ठूलो दुःख दिएको गुनासो गर्छन् । ‘महिलाले जबरजस्ती गरेको फोटो बाहिर आएन मन्त्रीज्यूले गरेको मात्रै आयो’, उनले भने, ‘उहाँ निकै खुल्ला दिलको मान्छे हुनुहुन्थ्यो तर मिडियाले गरेको व्यबहार देख्दा आश्चर्य लाग्छ ।’ पराजुलीले केपी ओलीलाई अध्यक्ष बनाउन निकै सहयोग गरेका थिए । एमाले भित्र बामेदव खेमाबाट ओलीलाई सघाएका उनलाई गुटगत रुपमा ठूलो प्रहार भएको एमाले कार्यकर्ता बताउँछन् । माधव नेपाल पक्षधर विद्यार्थीले त पराजुलीको राजीनामा माग्दै पुत्लासमेत जलाएको थियो । ‘उहाँमाथि मिडिया मात्रै होइन, पार्टीकै अर्को गुट पनि सक्रिय रुपमा लागि पर्यो ।’ खतिवडा भन्छन्, ‘तर पार्टीले निर्दोष भनेको छ ।’ आजभन्दा ठिक एक महिना अघि असार १५ मा राजधानीको मूलपानीमा आयोजित धान दिवस सम्बद्ध कार्यक्रममा महिला माथि अश्लिल हर्कत गरेपछि पराजुलीको मन्त्री पद खुस्केको थियो । उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । चौतर्फी आलोचना पछि एमाले केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई अध्यक्ष केपी ओली घरमै बोलाएर राजीनामा दिन दबाब दिएका थिए । दबाबको भोलीपल्ट बिहानै उनले अध्यक्ष ओली समक्ष राजिनामा बुझाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending