Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु

रासस

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए  । 

“दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ”, उनले भने, “तत्काल सडकमा थुप्रिएको फोहर विर्सजनका लागि नगरप्रमुख धु्रव शिवाकोटीले वडा नं ७ मा रहेको आफ्नै निजी जग्गा प्रदान गरेका छन्, अब त्यही फोहर फालिन्छ ।”

विर्तामोडमा जथाभावी फालिएको फोहर नउठेर दुर्गन्ध फैलिन थालेपछि चारवर्षमा पनि ल्याण्डफिल्ड साइट व्यवस्था गर्न नसकेको भन्दै जनप्रतिनिधिको चौतर्फी आलोचना सुरु भएको थियो । नगरप्रमुखले आपत्कालीन समस्या समाधानका लागि जग्गा उपलब्ध गराएपछि केही समयलाई ढुक्क भएको प्रवक्ता पाण्डेले बताए । विर्तामोडमा थुप्रिएको फोहर उठाउन दैनिक पाँच ट्याक्टर प्रयोग गरिरहेको फोहर व्यवस्थापनको ठेक्का लिएको काठमाडौँको निराकर सरसफाइ सेवा प्रालिका फिल्ड मेनेजर रवीन भट्टराईले बताए । 

उनले तीन वर्षका लागि फोहरमैला व्यवस्थापनको जिम्मा लिए पनि नगरपालिकाले ल्याण्डफिल्ड साइटको व्यवस्था नगरिदिँदा काम गर्न समस्या भइरहेको बताए । नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ । 

प्रवक्ता पाण्डेले समितिले तीव्र रुपमा जग्गाको खोजी गरिरहेकाले १५ दिनभित्रमा दीर्घकालीन ल्याडफिल्ड साइटको व्यवस्था भइसक्ने जानकारी दिए । ठेकेदार कम्पनीले यसअघि पूर्वपश्चिम राजमार्ग आसपास, डोमालाल रङ्गलाशाको पछाडि र देउनियाँ खोला किनारमा फोहरमैला खाल्डो खनेर पुर्दै आएको थियो । लगातार परेको वर्षाका कारण खाल्डो खन्दा पानी निस्केर फोहर पुर्न नसक्दा दुई हप्तादेखि फोहरमैला सडक किनारमै थुप्रिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy